२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमित चार हजार

२०७७, २५ असार बिहीबार ०५:२५

असार २५, धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बैतडी, दार्चुला र डोटी जिल्लाका गरी थप ६७ जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको बताउनुभयो ।

प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा बढी ९८६ सङ्क्रमित पुगेका छन् । योसँगै कैलाली जिल्ला देशभरमै सम्भतः सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाका रूपमा देखिएको छ । यसैगरी बुधबारसम्म कञ्चनपुरमा ४४०, डोटीमा ५३३, डडेलधुरामा २६९, बाजुरामा ४४४, बैतडीमा २९७, बझाङमा १४३, अछाममा ५८७ र दार्चुलामा १८ सङ्क्रमित पुगेका छन् । बुधबार मात्रै अछामबाट ५५ डिस्चार्ज भई घर फर्किएका छन् । यो समेत गरेर प्रदेशमा हालसम्म ९९३ डिस्चार्ज भई घर फर्किसकेका छन् ।

कोभिड–१९को सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । पछिल्ला केही दिनयता प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या दैनिक घट्दै गएको देखिएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार असार १९ गते सबैभन्दा बढी ४८४ जनामा र असार १८ गते ३३३ जनामा सङ्क्रमण देखिएको पुष्टि भएकामा त्यसयताका दिनमा सङ्क्रमित फेला पर्ने सङ्ख्या घट्दै गएको छ ।

 जबकि असार २० देखि २४ गतेसम्मको चार दिनको अवधिमा जम्मा ३०४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका युवायुवती एक हजार २६९ पुगेका छन् । यस्तै नौ वर्षसम्मका १६९ बालबालिक सङ्क्रमित भएका छन् । यद्यपि कोरोना सङ्क्रमणको जोखिम अझै यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच सङ्क्रमित फेला परेकामा त्यसपछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो । हालसम्म पिसीआर पद्धतिबाट २४ हजार ८८४ को स्वाबको नमूना जाँच भइसकेकामा एक हजार २०३ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १७ हजार १६८ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल र भीडभाड बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस