Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते, करेन्ट लागेर एकको मृत्यु

२०७७, २५ असार बिहीबार ०५:५७

असार २५, सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक जनाको निधन र दुई जना घाइते भएका छन् ।  रोपाइँ गर्ने क्रममा चट्याङ लागेर जिल्लाको वागमती नगरपालिका–१० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको आज निधन भएको प्रहरीले जनाएको छ ।

आज बिहान वागमती नगरपालिका–८ निवासी सुनमाया बस्नेतको खेतमा धान रोप्दै गरेको समयमा परेको चट्याङ लागेर पासवानको निधन र कमलादेवी मुखिया घाइते भएका थिए । चट्याङ लागेर बेहोस भएका दुवै जनालाई उपचारका लागि बरहथवातर्फ लगिँदै गर्दा पासवानको निधन भएको र  मुखिया होसमा आई घर फर्किसकेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै चट्याङ लागेर जिल्लाको बलरा नगरपालिकामा एक युवक घाइते भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बलरा नगरपालिका–१ का ३५ वर्षीय बरुण सहनी घाइते भएका हुन् । उनीलाई उपचारका लागि भारतको सितामढीतर्फ लगिएको  प्रहरीले जनाएको छ ।     

करेन्ट लागेर एकको निधन

जिल्लामा करेन्ट लागेर एक जनाको निधन भएको छ । निधन हुनेमा  ईश्वरपुर नगरपालिका वडा नं ३ बानटोल बस्ने ४२ वर्षीय जदु सहनी रहेको प्रहरीले जनाएको छ ।  गएराति आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा उनीलाई करेन्ट लागेर निधन भएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भीर बनेका उनीलाई उपचारका लागि बयलवासतर्फ लगिँदै गर्दा बाटोमै निधन भएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

 यसैबीच सर्लाहीको वागमती नगरपालिकामा डुबेर एक व्यक्तिको निधन भएको छ । वागमती नगरपालिका वडा नं १ सैलुङडाँडा बस्ने ४५ वर्षीय कलमान लोप्चनको पँधेरीखोल्सीमा डुबेर निधन भएको प्रहरीले जनाएको छ । बुधबार साँझ लोप्चनको पँधेरीखोल्सीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । शव परीक्षणका लागि दुवै जनाको शव अहिले जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी