2026-07-24 09:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री थापा

असार २५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । आज गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घीय संरचनाअनुसार प्रहरी समायोजन काम टुङ्गोमा छिटो पुग्नेगरी काम गर्नसमेत उहाँले निर्देशन दिनुभयो । “राज्यले विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो ।

गृहसचिव महेश्वर न्यौपानेले पनि महानिरीक्षक क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिम वर्कमा काम गर्न निर्देशन दिनुभयो । महानिरीक्षक क्षेत्रीले आफू गृह मन्त्रालयप्रति आभारी रहेको र आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक