साउन ९, सुनवल । आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, सुनवल । आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पन"/>
२ माघ २०८२, बिहीबार
नवलपुर - NWL

नवलपरासीमा श्रीमानको १० लाख रुपैया र ६ तोला सुन सहित भाग्ने जोडी पक्राउ

९ श्रावण २०७३, आईतवार ०७:४४

साउन ९, सुनवल । आफ्नो श्रीमानको १० लाख रुपैँया र ६ तोला सुन सहित भागेका एक जोडी पक्राउ परेका छ्न । घरमा श्रीमान हुँदाहुँदै पनि गत सालको फाल्गुन महिना बाट नदुवा १ सुनवल नवलपरासी की वर्ष ३३ कि घनमाया गुरुङ र भोटेबहाल काठमाण्डौ बस्ने वर्ष ३३ कै बिकास खड्की  गत सालको फाल्गुन बाट प्रेम सम्वन्धमा रहेको खुल्न आएको र गएको असार २७ गते श्रीमानले आफ्नो नाममा  वाणिज्य बैङ्क सुनवल र सेवा विकाश बैङ्क खैरेनी रुपन्देहीमा राखिदिएको १० लाख रुपैया र ६ तोला सुन सहित भागेर काठमान्डौ गएको प्रहरी सँगको बयानको क्रममा उनिहरुले बताएका छ्न । 


श्रीमती  बिकाश सँग प्रेममा रहेको पहिले देखी नै शङ्का पाएको र एक्कासी श्रीमती घरबाट बैङ्क मा रहेको पैसा र साथमा रहेको गहना सहित भागेको हुँदा उनिहरु बिरुद्ध धनमायाका श्रीमानले  असार २८ गते सबै बयान सहित इलाका प्रहरी कार्यालय सुनवलमा निबेदन बुझाएका थिए । 

सोही निबेदन का आधारमा इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक योगेन्द्र तिमील्सेनाले उनिहरु भागेर काठमाण्डौ नै गएको जानकारीको आधारमा काठमाण्डौ प्रहरी सँग सहकार्य गरी काठमाण्डौ प्रहरीले उक्त जोडिलाई सोही रकम र गहना सहित  भोटेबहाल काठमाण्डौँ बाटै पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका जोडीलाई काठमाडौं प्रहरीले शनिवार सुनवल प्रहरी कार्यालयमा बुझाएको  थियो । 


सुनवल प्रहरीले उनिहरुको साथमा रहेको रकम र गहना धनमायाका श्रीमानलाई बुझाएको छ । रकम पाए सङ्गै धनमायाका श्रीमानले धनमायालाई डिभोर्स दिने अनि धनमाया र बिकाश बैबाहिक सम्वन्धमा बाधिँने बताइएको छ ।


- जीवन न्यौपाने/हुलाकी अनलाईन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का