साउन ९, मोरङ । एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् । 

एक साताको वर्षाको क्रममा गएरातिदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तुलना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, मोरङ । एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् । 

एक साताको वर्षाको क्रममा गएरातिदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तुलना"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा निरन्तर वर्षाका कारण ३ सय परिवार विस्थापित

९ श्रावण २०७३, आईतवार ०८:४७

साउन ९, मोरङ । एक सातादेखि भइरहेको निरन्तर वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ३०० परिवार विस्थापित भएका छन् । 

एक साताको वर्षाको क्रममा गएरातिदेखि आज बिहान ९ बजेसम्मको अवधिमा तुलनात्मक रूपमा सबैभन्दा बढी वर्षा भएपछि मोरङमा व्यापक रूपमा क्षति भएको छ ।  चौपाया र मानवीय क्षति नभए पनि हजारौँ हेक्टरमा रोपिएको धानबाली डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार, विराटनगर–१६ स्थित बकरी टोलामा पानी पस्दा ५० परिवार विस्थापित भएका छन् भने पानीको चाप बढ्दै गएपछि विस्थापितका सङ्ख्यामा निरन्तर रूपमा वृद्धि भइरहेको छ । 

यसैबीच, रेडक्रस मोरङले बकरीका विस्थापित २६ परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । सो ठाउँबाट गएराति थप परिवार पनि विस्थापित भएको र उनीहरू नजिकको विद्यालय र सडकमा आश्रय लिएका छन् । कटहरीमा पनि दर्जनौँ घर डुबानमा परेका छन् । यसका साथै बक्राहा खोलाको पानी पस्दा गोविन्दपुर–८का ५० परिवार विस्थापित भएका छन् । उनीहरूलाई प्रहरीको टोलीले उद्धार गरी सामुदायिक भवनमा राखिएको छ । 

सिजुवामा २३ परिवार विस्थापित भएको र उनीहरूलाई रेडक्रसबाट त्रिपाल र खाद्यान्न उपलब्ध गराइएको रेडक्रसका अधिकृत कमल कोइरालाले जानकारी दिनुभयो । यसका साथै बबियाबिर्तामा ३५ परिवार, हसन्दहको जयनगर र सुगाबजारका २०० परिवार विस्थापित भएका छन् । 

नुनसरी खोलाको पानी मधुमल्ला ४ र ६ वडामा पस्दा ५० परिवार विस्थापित भएका छन् । टापूका रूपमा परिणत भएका ती वडामा उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सोराभाग–९का २५ परिवार विस्थापित भएको र तीमध्येका १२ परिवारको घर पूर्णरूपले क्षति भएको छ । यसका साथै, विराटनगर–डाइनिया सडकखण्डको थाननजिक कल्भर्टको छेउमा कटान हुँदा सो मार्ग बिहानदेखि अवरुद्ध भएको छ । ती ठाउँमा प्रहरीको टोली पुगेर मर्मत सम्भारको काम सुरु गरेको बताइएको छ । 

समग्रमा गएरातिको वर्षाका कारण मोरङ भएर बग्ने नदीको जलस्तरमा व्यापक रूपमा वृद्धि भएपछि कतिपय ठाउँमा बाँध भत्काएर मानवबस्तीमा पानी पसेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का