साउन ९, राजविराज  ।  शुक्रबार र शनिबार परेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, राजविराज  ।  शुक्रबार र शनिबार परेको"/>
२०८२, २८ चैत्र शनिबार
सप्तरी - SPT

बाढीबाट दुई हजार घर डुबान

२०७३, ९ श्रावण आईतवार ०८:५०

साउन ९, राजविराज  ।  शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले  करिब दुई हजारभन्दा बढी घर डुबानमा परेका छन्  । 

खाँडो खोलामा आएको बाढीले बस्तीमा पानी पस्दा घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो बाढीले सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठी लगायत अधिकांश गाविसको गाउँ बस्तीमा पानी पसेको बताइएको छ । 

यस्तै मोहली खोलामा आएको बाढीले पोर्ताहा, भारदह, गिद्धखोरा, बरमझिया त्रिकोल हनुमानगर कोलाडी, लगायतको गाविसका हजारौँ घर डुबानमा परेको  भारदह– ६ का अशोक माझीले बताउनुुभयो  ।

सो खोलाको बाढीले भारदहमा बढी क्षति पुर्याएको छ । मोहली खोलाको बाढीले हनुमानगर योगिनीमाई नगरपालिका– २ स्थित कोसी पश्चिमी नहरका बाँधले पानी थुनिएपछि भारदह वडा ५ र  ६ का गाउँ पूरै डुबानमा परेको स्थानीयवासी उमेश माझीले जानकारी दिनुभयो । 

बाढी घर घरमा पसेपछि मानिसहरु डुबान क्षेत्रका विभिन्न बाँध र नहर आसपासमा बस्न बाध्य भएको बताइएको छ । त्यस्तै पोडा खोलामा आएको बाढीले ढुकुली, महदेवा, बभन्नगामा कटीसहितको गाविसका दुई  सयभन्दा बढी घर डुबानमा परेको स्थानीयवासी शैलेन्द्र सिंहले जानकारी दिनुभयो  ।

विभिन्न खोलानालामा आएको  बाढीले जिल्लाको करिब ३० हजार हेक्टर खेतीयोग्य जग्गासमेत  जलमग्न भएको बताइएको छ । त्यस्तै विभिन्न ग्रामीण भेगमा रहेका  दर्जनौँ माछा पोखरीमा पानी पस्दा लाखौँ बराबरको माछा पानीसँगै बगेको हनुमानगर योगिनी माई नगरपालिका– २ का श्याम खड्काले बताउनुभयो । 

यसैबीच खाँडो खोलाबाट बाढीले बढी प्रभावित क्षेत्र सकरपुरा, रम्पुरा मल्हनियाँ र तिलाठी गाविसमा आज मुरही, चिउरा र  भुजिया बाँडिने प्रजिअ बलदेव गौतमले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से