2026-07-25 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगमका १६ गन्तव्यमा चार्टर्ड उडान : १० हजार बढीको उद्धार

असार २८, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बन्दाबन्दीको अवधिमा १६ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुन १४ देखि जुलाई १२ सम्म विभिन्न गन्तव्यमा ५८ उडान गरेको हो ।

यो अवधिमा निगमले दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङ्कङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तव्यमा उडान गरेको विज्ञप्तिमार्फत जनाएको छ । कूल ५८ उद्धार उडानमार्फत हालसम्म १० हजार ९१२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता गरेको निगमले जनाएको छ ।

कोभिड–१९ सिर्जित विश्वव्यापी सङ्कटसित जुध्न चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको निगमले जनाएको छ ।

आगामी दिनमा पनि निगमले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्दै थप चुस्तताका साथ नियमित व्यावसायिक उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक