साउन ९, पर्वत । प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन भएका छन् । 

प्रेस सेन्टरको एकता भेला तथा प्रशिक्षण कार्यक्रमबाट उनलाई निरविरोध रुपमा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, पर्वत । प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन भएका छन् । 

प्रेस सेन्टरको एकता भेला तथा प्रशिक्षण कार्यक्रमबाट उनलाई निरविरोध रुपमा अ"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन

९ श्रावण २०७३, आईतवार १०:१२

साउन ९, पर्वत । प्रेस सेन्टरको अध्यक्षमा प्रनिश गिरी सर्वसहमत रुपमा अध्यक्ष पदमा चयन भएका छन् । 

प्रेस सेन्टरको एकता भेला तथा प्रशिक्षण कार्यक्रमबाट उनलाई निरविरोध रुपमा अध्यक्षमा चयन गरिएको छ । गिरीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।  सेन्टरको उपाध्यक्षमा देवराज पुरी, सचिवमा महेन्द्र केसी, कोषाध्यक्षमा सरिता शर्मा, सहसचिवमा दिपसागर पौडेल रहेका छन् । सदस्यहरुमा जनक तिवारी, शिव सुवेदी, रामचन्द्र पौडेल, इन्द्रप्रसाद तिमिल्सीना, ज्ञानप्रसाद भुषाल र किशोर मनस्वी रहेका छन्  भने बाँकी दुई सदस्य मनोनित गर्ने बताइएको छ । उक्त भेलाले ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा सेन्टरका केन्द्रिय सदस्य मुरारी संगम, जगदीश शर्मा पौडेल, राधादेवी शर्मा, राजु विक, भोलानाथ शर्मा, केन्द्रिय सदस्य ऋषिराम भुषाल रहेका  छन् ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य एल.पी बन्जराको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बन्जराले द्वन्द्वकाल, शान्तिप्रक्रियापछि र भोलीको पत्रकारीताको विषयमा बताए उनले प्रेस जगतको उत्थानको लागि सवैले हातेमालो गर्नुपर्ने बताए । 

देशको विकासको लागि पत्रकारको भुमिका रहेको तर श्रमजिवि पत्रकारहरुको बाँच्ने आधार यस क्षेत्रमा नभएका कारण श्रमजिवि पत्रकारहरुलाई बाँच्ने आधार तयार गरी संगठनात्मक रुपमा अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । द्वन्द्वकालमा पत्रकारले खेलेको भुमका, अहिलको अबस्था र भोलीको कार्यदिशाका बारेमा पार्टीले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए  । उनले पत्रकारको विकासमा राज्य र राजनीति दलहरु लागि पर्नुपर्नेमा जोड दिए । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक तथा पोलिट व्यूरो सदस्य नेत्र अधिकारी, पार्टीका केन्द्रिय सदस्य कृष्णप्रसाद  पराजुली, के.स   जयनारायण तिवारी, प्रेस सेन्टरका के.स.स ऋषिराम भुषाल लगाएतले बोलेका थिए । 

बक्ताहरुले पछिल्लो समयको राजनीतिक अबस्था र भावि माओवादीको कार्यदिशा र पत्रकारले खेलेको भुमिकामा आफ्नो धाराणा राखेका थिए । संगठनका अध्यक्ष मुरारी संगमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत प्रनिश गिरी र संचालन महेन्द्र केसीले गरेका थिए । सोही भेलालले राजु विक, देवराज पुरी, शिव सुवेदी, दुर्गा दर्जीलाई प्रदेश प्रतिनिधिका रुपमा चयन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का