साउन ९, धनगढी । मोहना नदीले बर्सेनि गर्दै आएको कटान रोकथाम गर्न वृक्षरोपण अभियान थालिएको छ । 

धनगढी उपमहानगरपालिका– १८ फुलबारीको श्रीकृष्ण सामुदायिक वन परिसरमा वृक्षरोपण अभियान थालिएको हो । वन तथा भू–संर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, धनगढी । मोहना नदीले बर्सेनि गर्दै आएको कटान रोकथाम गर्न वृक्षरोपण अभियान थालिएको छ । 

धनगढी उपमहानगरपालिका– १८ फुलबारीको श्रीकृष्ण सामुदायिक वन परिसरमा वृक्षरोपण अभियान थालिएको हो । वन तथा भू–संर"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कटान रोकथाम गर्न वृक्षरोपण अभियान थालियो

२०७३, ९ श्रावण आईतवार ११:३८

साउन ९, धनगढी । मोहना नदीले बर्सेनि गर्दै आएको कटान रोकथाम गर्न वृक्षरोपण अभियान थालिएको छ । 

धनगढी उपमहानगरपालिका– १८ फुलबारीको श्रीकृष्ण सामुदायिक वन परिसरमा वृक्षरोपण अभियान थालिएको हो । वन तथा भू–संरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले वृक्षरोपण अभियानको सुभारम्भ गर्दै नदी कटान रोकथाम गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो । 

जिल्ला वन अधिकृत डा सिन्धुप्रसाद ढुङ्गानाले सो अभियानअन्तर्गत यस वर्ष एक लाख बिरुवा रोपिने जानकारी दिनुभयो । अभियानअन्तर्गत करिब १५ किलोमिटर लामो मोहना नदी तटीय क्षेत्रको ५०० हेक्टरमा वृक्षरोपण गर्ने योजना रहेको छ । 

मोहना नदीले भारततर्फको भन्दा नेपालतर्फ जग्गा बढी कटान गरेको छ । बर्सेनि जग्गा कटान गर्दा सीमा क्षेत्रमा रहेका सीमा स्तम्भ पुरिने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से