२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

मदिरा निषेधित गाउँपालिका घोषणा, मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण प्रतिबन्ध

२०७७, ३ श्रावण शनिबार १२:२९

साउन ३, बनेपा । काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बताउनुभयो । 

उहाँका अनुसार सभाले गाउँपालिकाभित्र साउन १ गतेदेखि लागू हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयातीत सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएकाले सम्बन्धित पसल व्यवसायी, ढुवानी व्यवसायी तथा जनसमुदायलाई सो निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नीति तथा कार्यक्रम र गाउँ सभाले गरेको निर्णयलाई बर्खिलाप हुने गरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानूनअनुसार कार्वाही हुने जनाएको छ । पालिकाले गरेको निर्णयमा सहयोग गर्न आम समुदाय र व्यवसायीहरुलाई आग्रह गर्दै पसल व्यवसायीहरुले बिक्री–वितरणका लागि राखिएको मादक पदार्थ स्कट भएमा साउन १५ गतेभित्र नष्ट वा फिर्ता गर्नसमेत आग्रह गरेको छ ।

यसअघि पनि वडा नं ५ ले सो अभियान थालनी गरेकामा अन्य वडाहरुमा निषेध नगर्दा समस्या देखिएको उल्लेख गर्दै वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले अब गाउँपालिकाले नै निषेध गर्ने निर्यण गरेकाले थप हौसला मिलेको बताउनुभयो । जिल्लाका १३ वटा पालिकामध्ये चौँरीदेउराली गाउँपालिकाले नीतिगत रुपमा नै मदिरा निषेध पालिको घोषणा गरेको यो पहिलो हो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म