By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    11 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    11 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    16 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आचारसंहिता उल्लङ्घन : विद्युतीय सञ्चारमाध्यममा बढी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आचारसंहिता उल्लङ्घन : विद्युतीय सञ्चारमाध्यममा बढी
काठमाडौँ - KTMसमाज

आचारसंहिता उल्लङ्घन : विद्युतीय सञ्चारमाध्यममा बढी

साझासवाल
Last updated: July 18, 2020 3:29 pm
साझासवाल
5 Min Read
Share

सुशील दर्नाल। साउन ३, काठमाडौँ । पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको बन्दाबन्दी(लकडाउन)को अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन् ।

आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।  छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फस््र्यौट भएका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १६३ समाचार आचारसंहिता उल्लङ्घनका छन् । ती सबै फस््र्यौट भएका छन् । त्यसैगरी जनगुनासोमध्ये तीनवटा उजुरी पनि फस््र्यौट भएका छन् । 

बन्दाबन्दी २०७६ चैत ११ देखि २०७७ असार ३१ को अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फस्र्यौट भएको छ । बन्दाबन्दीकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फस््र्यौट गरिएको काउन्सिलले जनाएको छ । यो वर्ष कुनै पनि पत्रपत्रिकालाई कालोसूचीमा राखिएको छैन । 

त्यसैगरी विद्युतीय माध्यमविरुद्ध यो वर्ष  १५७ वटा उजुरी परेका छन् । तीमध्ये १२३ फस््र्यौट भएको छ । स्वअनुगमनबाट ५५४ आचारसंहिता उल्लङ्घनका समाचार सामग्री भेटिएको छ । तीमध्ये ५५१ वटाको फस््र्यौट पनि भएको छ । नौ वटा जनगुनासोमध्ये छ फस््र्यौट भएको जनाइएको छ । 

बन्दाबन्दी शुरु भएको दिनदेखि असार ३१ सम्म विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीमध्ये ६१ फस्र्यौट भएका छन् । तीन विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ । यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिनुभयो । 

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै भन्दा पनि सहमति र मिलापत्रसमेत गर्ने गरिएको बताउनुभयो । बन्दाबन्दीको अवधिमा समेत काउन्सिलले निरन्तर अनुगमन गरिरहेको उहाँको भनाइ छ । काउन्सिलले आगामी वर्ष पनि नियमित र प्रभावकारीरूपमा आचारसंहिताको अनुगमन, उजुरी, सुनुवाइ तथा कारवाही प्रक्रिया जारी राख्ने भएको छ । 

त्यसैगरी पत्रपत्रिका वर्गीकरण, विभिन्न नीतिगत, प्रशासनिक सुधारका कार्यहरु, पत्रकारलाई अनुदान, उपचार खर्चलगायतका सुविधा प्रदान गर्ने, पत्रकारितासम्बन्धी तालीम, अध्ययन अनुसन्धानसम्बन्धी कार्य अघि बढाउने र प्रकाशनका कार्यलाई पनि निरन्तरता दिने भएको छ । काउन्सिलले मैथली भाषाको पत्रकारिता आचारसंहिता अनुगमन गरी प्रकाशन गर्नुका साथै विभिन्न भाषामा पत्रकार आचारसंहिता पनि प्रकाशन गर्ने आगामी कार्ययोजनामा उल्लेख छ । 

यस वर्ष विराटनगर, मोरङ, महोत्तरी, सिराहा, रोल्पा, प्युठान, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र जाजरकोटलगायतका जिल्लामा जिल्लास्तरको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरिएको प्रशासकीय अधिकत भुषालले जानकारी दिनुभयो । काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । 

हालसम्म काउन्सिलमा दुई हजार १३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ । विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ । विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख पाँच हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ । विसं २०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९७७ पत्रपत्रिका ७० हजार ८७ पिपिएफ सामग्री अभिलेख भएको छ । 

काउन्सिललाई सुझाव

विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा सञ्चारविज्ञहरुले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सरकारलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउन र पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन काउन्सिललाई सुझाव दिनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले सञ्चारमाध्यमले राससको समाचार प्रयोग गर्ने तर स्रोत उल्लेख नगर्नेबारे काउन्सिलको ध्यानाकर्षण गराउनुभयो । 

मिडियालाई जिम्मेवार बनाउन काउन्सिलले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष श्यामलले अहिले प्रेसले जोगिएर लेख्नुपर्छ र प्रेस आफैँ पनि जोगिनुपर्छ भन्नुभयो । पछिल्लो समयमा नयाँ मिडियाको नाममा भ्रामक र तथ्यहीन समाचारका विषयवस्तु आउने गरेकाप्रति काउन्सिलले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले पत्रकार आफैँले आचारसंहिताबारे सचेत हुँदै त्यसको पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ मिडिया सञ्चालन गर्ने केही मान्यता हुनुपर्छ, त्यसमा देखिएको अराजकता हटाउन काउन्सिलको महत्वपूर्ण भूमिका हुन्छ ।” आमसञ्चार विज्ञ डा कुन्दन अर्यालले कोभिड–१९ सँगै नेपाली मिडियामा आउने परिस्थितिबारे ध्यान दिन आग्रह गर्दै बन्दाबन्दीको समयमा आचारसंहिताविपरीत समाचारका शीर्षक र विषयवस्तु आउने गरेको बताउनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ता जनक : विश्व स्वास्थ्य संगठन
Next Article नेकपा विवाद : सङ्कटलाई सहमतिको आधारमा टुङ्ग्याइने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जन

‘दि भ्वाइस अफ नेपाल’ मा कोच अभयाले आँशु थाम्न सकीनन्

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रवि लामिछानेको स्वास्थ्यमा समस्या

11 months ago

बहुउद्देश्यीय कृषि तथा च्याउ फर्मको तेस्रो सार्वजनिक सुनुवाई

57 years ago
पर्सा - PRSसमाज

नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?