राम नारायण पंडित/साउन १०, सिरहा । साउन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । 

साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १०, सिरहा । साउन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । 

साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् "/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असल श्रीमान पाउँन सोमवारी ब्रत

२०७३, १० श्रावण सोमबार ११:४९

राम नारायण पंडित/साउन १०, सिरहा । साउन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । 

साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । खास गरेर असल श्रीमान पाउँने उद्ेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरुले बताउँछिन् । महिलाहरु हातमा मेहन्दी, चुड्ी र हरियो बस्त्रमा अहिले नव दुल्ही झै सजिएकी छिन् । 

साउन महिनामा भगवान शिवप्रति आस्था र बिश्वास राख्नेहरुका लागि महत्वपूर्ण महिना मानिएको छ । त्यसमा पनि साउन महिनामा पर्ने सोमवारलाई अझै महत्वपुर्ण दिनका रुपमा महिलाहरुले लिने गरेकी छिन् । अहिले महिलाहरुको पहिरन पनि रातो, पहेँलो र हरियो मात्र रहेको पाईन्छ ।  

कुर्ता सुरुवाल र हरियो सारीमा सजि हातमा विभिन्न डिजाइनका मेहन्दी लगाउने महिलाहरुको पनि कमी छैन् । साउन महिनाको प्रत्येक सोमबारीमा त शिव मन्दिरहरुमा रातो, पहेँलो र हरियो पहिरनमा सजिएकी महिला र पुरुषहरु बमहरुको घुइँचो लाग्ने गरेकोले उक्त दृश्य साउन महिनालाई थप मनोरम बनाउनुको साथै खुसयाली प्रदान गरिरहेका छन् । 

साउन महिनामा सबै दुखः कष्ट बिर्सेर रातो मेहन्दी र हरियो चुड लगाई सोमवारी व्रत बस्नाले मनोकामना पूरा हुनुको साथै आफुले चिताएको श्रीमान पाइन्छ भन्ने धार्मिक जनविश्वास रहेको महिलाहरुले बताउँछिन् । 

त्यसैले अर्को महिनाको तुलनामा साउन महिनामा महिलाहरु बिशेष रुपले सजिएर शिवालयहरुमा गई पुजाआजा गर्ने गरेको पाइन्छ । “साउन महिनामा मेहन्दी, हरियो चुड र रातो पहेलो कपडा लगाई व्रत बस्नाले चाहको अनुसार श्रीमान भेटने गरेकोले आफुहरु त्यसो गर्दछौ” उनीहरुले बताउँछिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से