२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जद्वारा डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

५ श्रावण २०७७, सोमबार ११:०९

साउन ५, डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो । 

ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । “खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो । “नदीले कटान गरेको दुवैतिरको भूभाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमतिविपरीत मान्छे डोजर प्रयोग गरेर निजी तथा सार्वजनिक निर्माण शुरु गर्नु कानूनविपरीत मानिन्छ ।” घटनाका विषयमा अनुसन्धान भइरहेकाले बताउँदै कसुर देखिएमा कानूनअनुसार कारवाही हुने पौडेलको भनाइ थियो ।

पक्राउ गरिएका सबैलाई नगर उपप्रमुख चन्द्राकुमारी बुढाको जिम्मा छोडिएकाले आवश्यक परेका खण्डमा जतिखेर पनि झिकाइने निकुञ्जले जनाएको छ । निर्माण गर्न लागिएको खेलकूद मैदान गत वर्ष कार्यपालिकाको बैठकबाट ठाउँ छनोट गरेर काम शुरु गरिएको नगर उपप्रमुख चन्द्राकुमारी बुढाले बताउनुभयो ।

भेरीले कटान गरेको ठाउँभरि आफ्नो क्षेत्रमा पर्ने निकुञ्जले बताएकाले एकपटक फिल्डमै पुगेर यकीन गर्न भनिएको उहाँको भनाइ छ । यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सर्वप्रथम निकुञ्ज क्षेत्रमा पर्छ वा पर्दैन निकुञ्जले यकीन गर्नुपर्ने बताउनुभयो ।

“निकुञ्ज क्षेत्रमा पर्ने भएर पनि अनुमति नलिएर काम गरेको पाइयो भने कारवाही हुनुपर्छ, तर निकुञ्ज क्षेत्रमा नपरेको ठाउँमा अनाआवश्यक हस्तक्षेत्र गर्न हुँदैन । सबैले सहजीकरण गरेर विकास निर्माणकार्य अघि बडाउनु पर्छ”, सुनारले भन्नुभयो । निकुञ्ज क्षेत्रमा पर्ने भूगोलका विषयमा आम जनतालाई जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो । उक्त खेलकूद मैदान सङ्घीय सरकार र त्रिपुरासुन्दरी नगरपालिकाको जनश्रमदानसहितको रु ८५ लाख संयुक्त बजेटमा निर्माण हुन लागेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की