सिलगढीमा भएको सँस्थाको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटी अध्यक्षपदमा चुनिएका हुन् "/>
सिलगढीमा भएको सँस्थाको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटी अध्यक्षपदमा चुनिएका हुन् "/>
प्रकाश बम/साउन १०, डोटी । अपाङ्ग सेवा संघ डोटीको अध्यक्षमा रोशन बोगटी सर्वसम्मत चयन भएका छन् ।
सिलगढीमा भएको सँस्थाको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटी अध्यक्षपदमा चुनिएका हुन् ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा गौरीलाल पार्की, सचिवमा प्रकाश बलायर, सह–सचिवमा नवराज जोशी र कोषाध्यक्षमा शारदा बिष्ट चयन भएका छन् ।
त्यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महादेव भारती, निवर्तमान उपाध्यक्ष टेकबहादुर बोगटी, शोभा श्रेष्ठ, जुन रायमाझी, श्रवण गिरी र राजु बलायर रहेका छन् । अपाङ्ग सेवा संघ डोटीमा संस्थाको स्थापना काल देखि अध्यक्ष पदमा महादेब भारतीले सम्हाल्दै आएका थिए ।
साधारणसभाबाट आगामी रणनीति समेत तय गरेको सँस्थाका कार्यक्रम संयोजक सिता रायमाझीले बताए । वि.सं. २०६२ फागुन २ गते स्थापना भएको अपाङ्ग सेवा संघ डोटीले झण्डै ११ वर्ष पछि नयाँ नेतृत्व पाएको छ । डोटीमा ७ हजार तिन सय दुईजना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क अपाङ्ग संघ डोटीले सार्वजनिक समेत गरेको छ ।