2026-07-24 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्तीजन्य पदार्थ सेवन गर्दा कोरोनाको जोखिम, कुन उमेरका बढी मृत्यु ?

विष्णु नेपाल | साउन १०, काठमाडौँ | कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएकी वृद्धामा  निमोनिया, श्वासप्रश्वास तथा मुटुको समस्या रहेको थियो । किशोरीमा भने श्वासप्रश्वास र फोक्सोको समस्या रहेको जनाइएको छ । यद्यपि उनीको मृत्युका कारण कोभिड–१९ भनिए पनि यसका साथमा अन्य कुनै दीर्घरोग थियो कि थिएन, केही सार्वजनिक गरिएको छैन । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको सङ्ख्या ४५ जना पुगिसकेको छ । यीमध्ये कतिमा सरुवा र नसर्ने रोगको समस्या पनि थियो अथवा कोभिड–१९ को सङक्रमणले मात्र मृत्यु भयो भन्ने विषयमा मन्त्रालयका प्रवक्ताले हालसम्म कुनै जानकारी सार्वजनिक गरेका छैनन् । ती मृत्युका कारण कोरोना सङक्रमण भनिए पनि अन्य नसर्ने रोग त्यत्तिकै जिम्मेवार रहेको चिकित्सकले जनाउँदै आएका छन् । उसो त नेपालमा पछिल्लो समय सरुवाभन्दा नसर्ने रोगले बढी मृत्यु भइराखेको छ । 

झाडापखाला, एचआइभी/एड्स, क्षयरोगलेभन्दा क्यान्सर, हृदयघात, मिर्गौला, मधुमेह, श्वासप्रश्वास, निमोनिया तथा उच्च रक्तचापका कारण मृत्यु हुनेको सङ्ख्याको भार बढिरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजानिक गरेको अनुसन्धान प्रतिवेदनमा नसर्ने रोगका कारण मृत्युदरमा वृद्धि भइराखेको उल्लेख छ । देशका ७२ जिल्लाका २० वर्ष र सोभन्दा माथि उमेरका १३ हजार २०० मा गरिएको अनुसन्धानले नसर्ने दीर्घरोगको भार बढी रहेको र बढ्दो जोखिमसमेत रहेको निष्कर्ष निकालेको थियो ।  

धेरैजसो व्यवहारिक तथा जैविक जोखिमका तत्व सुर्तीसेवन, मादकपदार्थ सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा बढी पुरुषमा देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव प्रा डा किरण रेग्मी भन्नुहुन्छ, “क्यान्सर, मुटु, मिर्गाैला, मधुमेह, श्वासप्रश्वास, निमोनिया तथा उच्च रक्तचापका  रोगीलाई थप कोरोना सङ्क्रमण  भएमा मृत्युको बढी जोखिम रहन्छ । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग निम्त्याउँदछ ।”

मन्त्रालयले कोरोनाले मृत्यु भएका भनिएकामध्ये कति जनाले सुर्तीजन्य पदार्थ सेवन गरिरहेका थिए अथवा विगतमा गर्दथे भन्ने ‘मेडिकल हिष्ट्रि’सार्वजनिक गर्ने गरेको छैन । “सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिको रोगसँग जुध्नसक्ने प्रतिरोधि क्षमता कम हुन्छ । ती पदार्थको सेवनले श्वासप्रश्वास प्रणाली, फोक्सो र क्यान्सर हुने सम्भावना हुन्छ । धुमपान सेवन गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण भएमा जटिल समस्या निम्तिन सक्छ”, उहाँले भन्नुभयो, “धुमपान गर्नेको फोक्सो कमजोर हुनेहुँदा सङ्क्रमण भएमा उच्च जोखिम हुन्छ ।” नसर्ने रोगको प्रमुख कारकका रुपमा सुर्तीजन्य पदार्थ तथा धुमपानलाई लिइन्छ । 

कुन उमेर समूहको बढी मृत्यु ?

शुक्रबारसम्म मृत्युभएकामध्ये ३६ पुरुष (३४ वयस्क र दुई बालक) र नौ महिला (आठ वयस्क एक बालिका) रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सङ्कलित सूचनाअनुसार कोरोनाबाट ५० वर्षमुनिका २६ र सो उमेर समूहभन्दा माथिका १९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु ४१ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका ११ जना र ५१ देखि ६० वर्ष उमेर समूहका १० जनाको मृत्यु भएको छ । 

चिकित्सकका अनुसार कूल मृत्युमध्ये २६ जना (५९.१ प्रतिशत) मा कोरोना सङक्रमणबाहेक दीर्घ वा अन्य रोगसमेत देखिएको थियो । विश्वस्वास्थ्य सङ्गठनका अध्ययनले कोभिड–१९ को गम्भीर लक्षण धुमपान गर्नेमा बढी हुने देखाएको छ । सुर्तीजन्य पदार्थले नसर्र्ने रोग निम्त्याउनुका साथै नसर्र्ने रोग लागेका व्यक्तिमा कोभिड– १९ को सङ्क्रमणको जोखिम उच्च रहने पाइएको छ । यसले गर्दा चुरोट तथा बिँडीलगायत सुर्तीजन्य सेवन गर्ने व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएमा सघन उपचार कक्ष तथा भेन्टिलेटर आवश्यकतापर्ने र त्यस्ता सङ्क्रमित व्यक्तिमा मृत्युको जोखिम पनि उच्च रहने जनाइएको छ । 

परिषद्को नसर्ने रोगसम्बन्धी जोखिम तत्व सर्वेक्षणले नेपालमा २८ प्रतिशत नागरिकले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । यसमध्ये १७ प्रतिशतले चुरोट सेवन र १८ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण २७ हजारभन्दा बढी मानिसको अकालमा मृत्यु हुने गरेको सङ्गठनको तथ्याङ्क छ ।

सन् २०१९ को अन्त्यतिर चीनको उहान शहरबाट उदाएको कोरोना भाइरस शताब्दीकै स्वास्थ्य महासङ्कटका रुपमा देखापरेको छ । विश्वका १९० भन्दा बढी मुलुकको मानवीय जनजीवनलाई त्रास बनाएको कोरोनाले आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्रो गरी गाँजिरहेको छ । नेपालमा पनि कोराना सङ्क्रमितको सङ्ख्या १८ हजार ३७४ र निको हुनेको सङ्ख्या १२ हजार ९४७ पुगेको छ । वरिष्ठ जनस्वास्थ्य विज्ञ चिकित्सक अर्जुन कार्की भन्नुहुन्छ, “कोरोनासित जुध्न रोग प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । यसका लागि तत्काल सुर्तीजन्य पदार्थ र मदिरा सेवन छोड्नुपर्छ ।” 

चिकित्सकका अनुसार सामान्य व्यक्तिलाईभन्दा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई सबै खालका क्यान्सर हुने जोखिम ३० प्रतिशत बढी रहन्छ । क्यान्सर रोग विशेषज्ञ चिकित्सक राजेन्द्र बराल भन्नुहुन्छ, “सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई जुनसुकै प्रकारको क्यान्सरको सम्भावना बढी हुन्छ । फोक्सोको क्यान्सर एक नम्बरमा छ, यसको प्रमुख स्रोत नै सुर्तीजन्य पदार्थ हो ।” कोरोनाले पनि सबैभन्दा बढी असर श्वासप्रश्वास प्रणाली र फोक्सोलाई पुर्याउने गर्दछ । गुट्खा, खैनी, सुर्तीजन्य पदार्थ चुरोटका निकोटिन, टार, कार्बन मोनोअक्साइड, रेडन, एमनिया, आसनिक आदिजस्ता करिब सात हजारभन्दा बढी केमिकल पाइने बताइएको छ । यस्ता केमिकलले स्वास्थ्यलाई गम्भीर असर पुर्याउँछ ।  

अहिले पनि कोरोनाको जोखिम बढ्न नदिन सबैले बढी सतर्कता अपनाउन जरुरी छ । बन्दाबन्दीको अवस्था हटे पनि व्यक्तिगत स्वास्थ्य सावधानी अपनाउन छोड्नु हुँदैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक