२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव

२०७७, ११ श्रावण आईतवार ०६:२८

साउन ११, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावितहरु खाद्यान्न अभावको चपेटामा पर्न थालेका छन् । बाह्रबिसेदेखि तातोपानी नाकासम्मको २६ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा नदीले सडक कटान गरेपछि सवारी नचल्दा खाद्यान्न अभाव भोग्नुपरेको प्रभावितले गुनासो गरेका छन् ।

गत असार २५ गते बाढीले पुल बगाएपछि बाह्रबिसे नगरपालिकाको जम्बु, खागदलसहित भोटेकोशी गाउँपालिकाको चाकु, हिन्दी र लिपिङका स्थानीयवासी समस्यामा परेका छन् । सडकले बाह्रबिसे र भोटेकोशी जोड्न नसक्दा खोलाको जोखिम मोलेर स्थानीयवासी खाद्यान्न जोहो गर्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् । यस्तै बाह्रबिसे नगरपालिकाको मानेश्वारा र भोटेकोशी गाउँपालिकाका पाँचवटै वडा खाद्यान्न अभाव भएको जनाइएको छ ।

धान निकै कम मात्रमा उत्पादन हुने यस क्षेत्रका स्थानीयवासी पानी धेरै परेर बाटो भत्किएपछि खाद्यान्न ढुवानीमा असहज हुँदा पीडित प्रशासन र स्थानीय सरकारको भर पर्नुपरेको छ । छिमेकी मुलुक चीनसँगको साझेदारीमा ४० मेट्रिक टन खाद्यान्न बाढीपीडितका लागि आउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको भनाइ छ । “चीनको न्यालाम जिल्लासँग कुरा भएको छ, एक साताभित्रै टेण्ट र खाद्यान्न आउँछ”, उहाँले भन्नुभयो ।

राजमार्गमा सडक भासिने क्रम बढ्यो

राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभिरमा सडक २०० मिटर भासिएको छ । भिरमा वर्षौँदेखि एकतर्फी मात्रै ट्र्याक थियो । त्यही ट्र्याक पनि नदीले कटान गरेपछि भासिएको हो । यस्तै बाह्रबिसेनजिकै महभिरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिकरूपमा सडक भासिन थालेको थियो । त्यस्तै जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोशी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ ।  सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसेरेनरी पर्खाल, प्लम्ब ढलान, जाली गाह्रोजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिदै जाने क्रम देखिएको हो  । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताउनुभयो । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

क्यान्सरपीडितलाई सहयोग

लामो समयदेखि क्यान्सरले थलिनुभएकी वलेफी–६ माङ्खाकी नानु तामाङको उपचारमा सहयोग जुटेको छ । नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानुको उपचारमा कुपकन्या कृषि सहकारीका अध्यक्ष तेजबहादुर पराजुली र माङ्खा–काठमाडौँ सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले रु एक लाख चार हजार सहयोग हस्तान्तरण गर्नुभएको हो । सिन्धुपाल्चोक–दक्षिण कोरिया समाजका तर्फबाट वेदनाथ आचार्यमार्फत रु ५२ हजार र बाँकी दुवै संस्थासम्बद्व सदस्यबाट आर्थिक सङ्कलन भएको हो ।

“गत वर्ष पेटमा ट्युमर पलायो, त्यसको शल्यक्रिया पनि भयो अब त ठीक हुन्छ भन्नेमा थिएँ, तर पछि आएर थाहा भो आन्द्रामा क्यान्सर भएछ ।” उपचाररत नानुले पीडा पोख्दै भन्नुभयो, “एक वर्ष निरन्तर उपचार गर्दा सात लाख जति सकियो । अब उपचार गर्न सक्ने अवस्था थिएन । सहयोग पाएको रकमले उपचार गर्छु ।”

विपन्न नागरिकलाई गम्भीर प्रकृतिको रोगको उपचारवापतको सहुलियतमा उपचार गराउँदै रहेको परिवार स्रोतले जनाएको छ । उपचारमा अझै रकम अपुग हुने परिवारले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु