गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको"/>
१ माघ २०८२, बुधबार
पश्चिमी रुकुम - RKM

दर्जन बढी घर पहिरोको उच्च जोखिममा

१० श्रावण २०७३, सोमबार १५:५५

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | अविरल वर्षाका कारण रुकुमको मुसिकोट नगरपालिका ३ पुरुणडाँडाका १ दर्जनबढी घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाका कारण जमिनमा १ मिटर बढी गहिरो धाँजा फाटेपछि गाउँ नै बग्ने जोखिम बढेको छ ।

दर्जन बढी घर परिवार वसोवास गर्दै आएको उक्त गाउँ नै १ मिटर बढी भाँसिएपछि जनधन सहित ठुलो क्षतिको उच्च जोखिम रहेको स्थानियले बताएका छन् । वर्षायाम सुरु भएपछि दिनहुँ जसो परिरहेको पानीका कारण हिजो मध्यरातमा जमिनमा धाँजा फाटेको स्थानिय गोविन्द बिकले बताउनुभयो । 

२०६३ सालमा गाउँ नजिकैको तुसेरीखोलीमा गएको ठुलो पहिरोका कारण जमिनमा यसअघि सामान्य चिरा परेपनि यसपटक भने जमिनले नै ठाउँ छाडेपछि गाउँ नै बग्ने होकी भन्दै स्थानिय त्रसित भएका छन् । तुसेरीखोलीमा पहिरो गएपछि पहिरो गएको आसपासमा वर्षेनी जमिन भाँसिने क्रम बढेको स्थानिय बिकको भनाई छ ।  

अहिले दर्जनबढी घरसहित गाउँभन्दा तलतिर रहेको सयौं मुरी उत्पादन हुने काल्ने खेत र बिजुलीका पोलहरु उच्च जोखिममा छन् । ठुलो क्षेत्रफलमा फैलिएको जमिनको ठाउँ ठाउँमा धाँजा फाटेका कारण कतिबेला गाउँलाई नै पहिरोले बगाउने हो भन्दै गाउँहरुले त्रसित बनेको स्थानिय रमेश खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का