Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घुस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन १५, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी चौकी गौरीशङ्कर सर्लाहीका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।&nbsp;<br></p><p>भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइ छुटाइदिने भन्दै यादवले एक सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको आरोप लागेको छ । प्रसनी निरीक्षक यादवले जाँचका क्रममा नियन्त्रणमा लिएको मोटरसाइकल छुटाउने भए ‘पाँच हजार देऊ’ भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।&nbsp;</p><p>आयोगका प्रवक्ता तारानाथ अधिकारीका बिगोबमोजिमको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो । रासस&nbsp;</p>