साउन ११, धनगढी । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका भनिएका चारजना महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । 

उद्धार गरिएकामा सिन्धुपाल्चोकका दुई र मकवानपुर र काभ्रेपलाञ्चोकका एक महिला रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, धनगढी । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका भनिएका चारजना महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । 

उद्धार गरिएकामा सिन्धुपाल्चोकका दुई र मकवानपुर र काभ्रेपलाञ्चोकका एक महिला रहेक"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीको त्रिनगर नाकाबाट चार महिलाको उद्धार

११ श्रावण २०७३, मंगलवार ०२:२७

साउन ११, धनगढी । कैलालीको त्रिनगर सीमा नाकाबाट भारत हुँदै कुवेत जान लागेका भनिएका चारजना महिलालाई प्रहरी र माइती नेपालको टोलीले आइतबार उद्धार गरेको छ । 

उद्धार गरिएकामा सिन्धुपाल्चोकका दुई र मकवानपुर र काभ्रेपलाञ्चोकका एक महिला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौँबाट बसमा आएका यी महिलालाई एक जना दलालले त्रिनगर नाका कटाउँदै गरेको अवस्थामा शङ्का लागी सोधपुछ गरेपछि उद्धार गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए । 

सीमा कटाएबापत एक दलालले प्रतिमहिला रु पाँच हजार लिएको बुभिएको छ । मुख्य दलाल भने दिल्लीबाट त्रिनगरपारीको गौरीफाँटा नाकामा रहेकोमा महिलाको उद्धारपछि उनी त्यहाँबाट फरार रहेको बताइएको छ । 

महिलालाई जिल्ला प्रहरी कार्यालयमा सोमबार सोधपुछपछि माइती नेपाल, धनगढीमा राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का