नन्दराम जैशी/साउन ११, जुम्ला ।  बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय जुम्लाले सोमबार जिल्लाका तिन गाविसमा कुखुरा वितरण गरेको छ । 

कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धिगरी बालबालिकाको पोषण स्थीत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन ११, जुम्ला ।  बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय जुम्लाले सोमबार जिल्लाका तिन गाविसमा कुखुरा वितरण गरेको छ । 

कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धिगरी बालबालिकाको पोषण स्थीत"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा पोषण स्थीतिमा सुधार ल्याउन कुखुरा वितरण

११ श्रावण २०७३, मंगलवार ०२:५५

नन्दराम जैशी/साउन ११, जुम्ला ।  बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन जिल्ला पशुसेवा कार्यालय जुम्लाले सोमबार जिल्लाका तिन गाविसमा कुखुरा वितरण गरेको छ । 

कुखुरापालन ब्यवसायबाट समुदायको आयआर्जन बृद्धिगरी बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउने उदेश्यले जिल्लाको छुमचौर, गुठिचौर र गज्र्याङकोट गाविसमा कुखुरा वितरण गरेको हो । 

जिल्ला विकास समिति जुम्लाको सहयोग तथा पशुसेवा कार्यालयको घरवारी बगैचा र कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रम अन्र्तगत तिन गाविसमा ६ सय ६८ वटा कुखुरा वितरण गरीएको पशु विकास अधिकृत गोविन्द बहादुर महतले जानकारी दिए ।   

जसमा छुमचौर ७ र गुठिचौर ६ देखि ८ वडासम्मका ३०/३० घरधुरीलाइ प्रति घरधुरी ९ वटा कुखुराका दरले ५ सय ४० वटा कुखुरा वितरण गरीएका छन् । यस्तै गज्र्याङकोट १ देखि ८ वडासम्मका ३२ घरधुरीलाइ प्रति घरधुरी ४ वटाका दरले १ सय २८ वटा कुखुरा वितरण गरीएको पशु विकास अधिकृत महतले बताए । 

कुखुरा वितरण गरीएका सबै घरधुरीमा कुखुरा ब्यवसायबाट आयआर्जनका क्रियाकला बृद्धि गरी परीवारको पोषण स्थीतिमा सुधार ल्याउने उदेश्य रहेको उनको भनाइ छ ।

साथै कुखुरा ब्यवसायलाइ ब्यवस्थति रुपमा संचालन गर्न उहाको अनुरोध छ । कुखुरा नमुना पोल्टी फर्म जुम्ला बसपार्कबाट खरीद गरी बिक्रि गरीएको हो । आफ्नो ब्यवसायलाइ प्रर्बद्धन गर्दै जिल्लाका बालबालिकाको पोषण स्थीतिमा सुधार ल्याउन कुखुरा बिक्रि गर्न पाउदाँ नमुना पोल्टी फर्मका संचालक बेद बहादुर शाहिले खुसि ब्यक्त गरे । 

उनले कुखुरा लिने सबै समुदायलाइ कुखुरापालनमा केहि समस्या आए तत्काल सल्लाह सुझाबका लागि खबर गर्न आग्रह गरेका छन् ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का