साउन ११, मोरङ । मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् । 

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, मोरङ । मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् । 

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबाल"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका बाढीपीडितलाई निःशुल्क भोजनको व्यवस्था

११ श्रावण २०७३, मंगलवार ०३:१६

साउन ११, मोरङ । मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् । 

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबालिका र वृद्धवृद्धालाई उद्धार गरी दैनिक बिहानबेलुका सामूहिक भोजनको व्यवस्था सोमबार बेलुकाबाट सुरु गरिएको हो । 

समाजसेवी प्रताप तामाङ तथा विशाल खड्कालगायतको टोलीले रु दुई लाखको लागतमा बाढीपीडितलाई सामूहिक भोजन सुरु गरेको हो । बाढीले घर डुबानमा परेपछि बिचल्ली भएका वृद्धवृद्धा र बालबालिकालाई एक हप्तासम्म निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ । 

सो युवाको समूहले खाद्यान्न, लत्ताकपडा, निःशुल्क ज्वरो, रुघाखोकी तथा टाउको दुखेको औषधि समेत वितरण गरेको पत्रकार साहले जानकारी दिए ।

अहिलेसम्म दैवीप्रकोप उद्धार समिति मोरङले कुनै पनि प्रकारको राहतको व्यवस्था नगरेको भन्दै बाढीपीडितले गुनासो गरेका छन् । स्थानीय विशाल कार्कीले भने, “खै हाम्रो सरकार कहाँ छ ? अहिलेसम्म सरकार भएको महसुस भएको छैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का