साउन ११, मोरङ । मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् । 

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, मोरङ । मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् । 

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबाल"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका बाढीपीडितलाई निःशुल्क भोजनको व्यवस्था

२०७३, ११ श्रावण मंगलवार ०३:१६

साउन ११, मोरङ । मोरङको हसन्दह, अमरदह, सुगाबजार, खड्का टोलका २०० बासिन्दालाई स्थानीय समाजसेवीले निःशुल्क सामूहिक भोजनको व्यवस्था गरेका छन् । 

स्थानीय पत्रकार वीरेन्द्र साहका अनुसार मोरङका युवाको टोलीले बाढीले डुबानमा परेका २०० बालबालिका र वृद्धवृद्धालाई उद्धार गरी दैनिक बिहानबेलुका सामूहिक भोजनको व्यवस्था सोमबार बेलुकाबाट सुरु गरिएको हो । 

समाजसेवी प्रताप तामाङ तथा विशाल खड्कालगायतको टोलीले रु दुई लाखको लागतमा बाढीपीडितलाई सामूहिक भोजन सुरु गरेको हो । बाढीले घर डुबानमा परेपछि बिचल्ली भएका वृद्धवृद्धा र बालबालिकालाई एक हप्तासम्म निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको छ । 

सो युवाको समूहले खाद्यान्न, लत्ताकपडा, निःशुल्क ज्वरो, रुघाखोकी तथा टाउको दुखेको औषधि समेत वितरण गरेको पत्रकार साहले जानकारी दिए ।

अहिलेसम्म दैवीप्रकोप उद्धार समिति मोरङले कुनै पनि प्रकारको राहतको व्यवस्था नगरेको भन्दै बाढीपीडितले गुनासो गरेका छन् । स्थानीय विशाल कार्कीले भने, “खै हाम्रो सरकार कहाँ छ ? अहिलेसम्म सरकार भएको महसुस भएको छैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ