सेती नदीमा नुहाउन गएका स्वास्थ्यकर्मीको शव भेटियो

साझासवाल
1 Min Read

साउन १९, डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो ।

नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उहाँको शव फेला परेको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “नदीले बगाउँदै गरेको अवस्थामा एकजनाको शव भेटिएको छ, शव परीक्षणका लागि जिल्ला पु¥याइएको छ ।”

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा बझाङ घर भई सो अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र  जोशी नदीमा बेपत्ता भएका थिए ।

नेपाल प्रहरी तथा  सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता अर्का स्वास्थ्यकर्मी सिंहको शव खोजी जारी राखेको छ ।

Share This Article
Leave a Comment

Leave a Reply