2026-07-24 09:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीव्र फैलिँदै संक्रमण, स्थिति भयावह बन्दै

साउन २०, काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ। वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए। 

त्यसपछि हालसम्म झन्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो। त्यसको ठीक एक महिनापछि सोमबार ४ सय १८ जना संक्रमित भेटिए।

यो तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ। तब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘बालबालिका र वृद्धवृद्धा बाहिर ननिस्कनुहोला, संक्रमणबाट जोगिन गाह्रो हुन्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए। भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ।

कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो। त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो।

मन्त्रालयका पूर्वविशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेको स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो। कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो।

कोरोना जेठ १९ गतेसम्म विभिन्न जिल्लामा देखा परेको थियो। त्यसबेला ५६ जिल्लामा संक्रमित फेला परेका थिए। जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितले भने, ‘लकडाउन अवधिमा आवतजावत भइरह्यो। पीसीआर परीक्षण क्वारेन्टाइनमा मात्र सीमित रह्यो। पीसीआर परीक्षण विस्तार हुन सकेन। संक्रमित भित्रभित्रै बढे।’

मन्त्रालयको तथ्यांकअनुसार असार १९ गते एकै दिन सबैभन्दा बढी ४ सय ७० जना संक्रमित भए। ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गर्दा सो संक्रमित फेला परेका हुन्। कुल संक्रमित संख्या १५ हजार २ सय ५९ थियो। त्यसबेलासम्म ३२ जनाको मृत्यु भएको थियो। त्यो संख्या बढेर ५७ पुगेको छ।

एक महिना अवधिमा झन्डै ५ हजार संक्रमित थपिएका छन्। निको हुनेको संख्या १४ हजार नाघेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक