Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डुबेर बेपत्ता भएका दुई किशोरको शव फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २०, गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।&nbsp;</p><p>मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिनुभयो । उनीहरुको शवपरीक्षणका लागि अस्पताल ल्याइएको जनाइएको छ ।&nbsp; नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासीले बेपत्ता भएदेखि उनीहरुको खोजी जारी राखेका थिए ।&nbsp;<br></p>