साउन ११, जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ । 

चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ । 

चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानी"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

फौजी कुकुरको आक्रमणबाट सात दर्जन पशु घाइते

२०७३, ११ श्रावण मंगलवार ०५:०४

साउन ११, जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ । 

चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानीय गोठालामा कुकुर आतङ्क छाएको छ । अहिलेसम्म भण्डारीवाडा गाउँका पहिचान भएका १४ जना किसानका १७ गाईगोरु मारेको र सख्त घाइते बनाएको स्थानीय दीपबहादुर मल्लले जानकारी दिए ।

यी सामान्य पहिचान भएका पशुबस्तु मात्र हुन्, पहिचान नभएका कति छन् कति, यकिन गर्न सकिएको छैन, मल्लले भने । आफ्नै मात्र छ गाई फौजी कुकुरले मारेको र दुई घाइते बनाएको उनले पीडा व्यक्त गरे । 

यो समस्या गत सालदेखिको नै हो, फौजी कुकुरलाई मार्न स्थानीय प्रशासनमा निवेदन दिँदा त्यसको कुनै सुनुवाइ गरिएन र झन यो समस्या अहिले बल्झियो, उनले भने । आचार्यबाडाका कर्णसिंह कुलालले फौजी कुकुरको आक्रमणबाट मर्ने गाईगोरुको सङ्ख्या ९० पुगेको बताए । उनले भने, आफ्नो रु २३ हजारको गोरु कुकुरले मारे तर दर्जनौँ किसानले त्यसभन्दा बढी क्षति व्यहोर्नुपरेको छ । उहाँका अनुसार कुकुरको समूहले रु १० लाख बराबरको क्षति पुर्याइसकेको छ । 

समूहमा आएका फौजी कुकुर आक्रामक भएर गाईगोरुमाथि आक्रमण गर्छन्, लखेट्न खोज्दा मान्छेमाथि नै आइलाग्छन्, मरिने डरले आफू पनि भाग्नुपर्छ, पीडा व्यक्त गर्दै स्थानीय किसान नन्दराम महताराले भने । यत्रो क्षति भइसक्दा पनि न नगरपालिकाले हेरेको छ, न प्रशासनले, न त यहाँका अन्य सरोकारवाला नै, उनले दुखेसो पोखे । 

फौजी (भुस्याहा) कुकुरले मच्चाएको आतङ्कका विषयमा आफू जुम्ला आइपुगेको चार महिनासम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी जानकारी दिए । प्रजिअ पण्डितले भने, हामी समस्यामा प¥यौँ र कुकुरले क्षति पु¥यायो भनेर स्थानीयवासी यहाँ अहिलेसम्म कोही पनि आएको छैन । 

यदि स्थानीयवासीले त्यस समस्याका विषयमा निवेदन दिएको खण्डमा चन्दननाथ नगरपालिकालाई तत्काल देखिएको समस्या सुल्झाउन निर्देशन दिने र जिल्ला प्रशासन कार्यालयले त्यसमा पूर्ण सहयोग गर्ने उनको भनाइ थियो । 

तिनै भुस्याहा कुकुरका कारण जङ्गली रतुवा मृग शनिबार लखेटिएर चन्दननाथ नगरपालिका–२ आचार्यबाडा गाउँमा झरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ