साउन ११, जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ । 

चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ । 

चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानी"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

फौजी कुकुरको आक्रमणबाट सात दर्जन पशु घाइते

११ श्रावण २०७३, मंगलवार ०५:०४

साउन ११, जुम्ला । जुम्लाका चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा र आचार्यबाडा गाउँ किसानका सात दर्जन पशुबस्तुमा फौजी कुकुरको समूहले क्षति पु¥याएको छ । 

चैत महिनादेखि फौजमा आउने कुकुरले शृङ्खलाबद्ध रुपमा यसरी पशुबस्तु मार्न थालेपछि स्थानीय गोठालामा कुकुर आतङ्क छाएको छ । अहिलेसम्म भण्डारीवाडा गाउँका पहिचान भएका १४ जना किसानका १७ गाईगोरु मारेको र सख्त घाइते बनाएको स्थानीय दीपबहादुर मल्लले जानकारी दिए ।

यी सामान्य पहिचान भएका पशुबस्तु मात्र हुन्, पहिचान नभएका कति छन् कति, यकिन गर्न सकिएको छैन, मल्लले भने । आफ्नै मात्र छ गाई फौजी कुकुरले मारेको र दुई घाइते बनाएको उनले पीडा व्यक्त गरे । 

यो समस्या गत सालदेखिको नै हो, फौजी कुकुरलाई मार्न स्थानीय प्रशासनमा निवेदन दिँदा त्यसको कुनै सुनुवाइ गरिएन र झन यो समस्या अहिले बल्झियो, उनले भने । आचार्यबाडाका कर्णसिंह कुलालले फौजी कुकुरको आक्रमणबाट मर्ने गाईगोरुको सङ्ख्या ९० पुगेको बताए । उनले भने, आफ्नो रु २३ हजारको गोरु कुकुरले मारे तर दर्जनौँ किसानले त्यसभन्दा बढी क्षति व्यहोर्नुपरेको छ । उहाँका अनुसार कुकुरको समूहले रु १० लाख बराबरको क्षति पुर्याइसकेको छ । 

समूहमा आएका फौजी कुकुर आक्रामक भएर गाईगोरुमाथि आक्रमण गर्छन्, लखेट्न खोज्दा मान्छेमाथि नै आइलाग्छन्, मरिने डरले आफू पनि भाग्नुपर्छ, पीडा व्यक्त गर्दै स्थानीय किसान नन्दराम महताराले भने । यत्रो क्षति भइसक्दा पनि न नगरपालिकाले हेरेको छ, न प्रशासनले, न त यहाँका अन्य सरोकारवाला नै, उनले दुखेसो पोखे । 

फौजी (भुस्याहा) कुकुरले मच्चाएको आतङ्कका विषयमा आफू जुम्ला आइपुगेको चार महिनासम्म कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी जानकारी दिए । प्रजिअ पण्डितले भने, हामी समस्यामा प¥यौँ र कुकुरले क्षति पु¥यायो भनेर स्थानीयवासी यहाँ अहिलेसम्म कोही पनि आएको छैन । 

यदि स्थानीयवासीले त्यस समस्याका विषयमा निवेदन दिएको खण्डमा चन्दननाथ नगरपालिकालाई तत्काल देखिएको समस्या सुल्झाउन निर्देशन दिने र जिल्ला प्रशासन कार्यालयले त्यसमा पूर्ण सहयोग गर्ने उनको भनाइ थियो । 

तिनै भुस्याहा कुकुरका कारण जङ्गली रतुवा मृग शनिबार लखेटिएर चन्दननाथ नगरपालिका–२ आचार्यबाडा गाउँमा झरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का