साउन ११, मोरङ । मोरङको रमितेखोलामा आइतबार राति पिकअप भ्यान भिरबाट खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका रमितेखोला–९ बस्ने २३ वर्षीय अर्जुन राईको न्युरो अस्पताल विराटनगरमा उपचारका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, मोरङ । मोरङको रमितेखोलामा आइतबार राति पिकअप भ्यान भिरबाट खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका रमितेखोला–९ बस्ने २३ वर्षीय अर्जुन राईको न्युरो अस्पताल विराटनगरमा उपचारका"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

रमितेखोला दुर्घटना: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

२०७३, ११ श्रावण मंगलवार ०५:१२

साउन ११, मोरङ । मोरङको रमितेखोलामा आइतबार राति पिकअप भ्यान भिरबाट खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका रमितेखोला–९ बस्ने २३ वर्षीय अर्जुन राईको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको छ । यसअघि रमितेखोला–७ बस्ने १८ वर्षीय सिद्धी राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । 

दुर्घटनामा परेर घाइते भएका अन्य सात जनाको न्युरो अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक गङ्गाबहादुर राईले जानकारी दिए । 

मोरङको टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को १ ज १७५५ नम्बरको पिकअप भ्यान आइतबार राति रमितेखोला–२ स्थित भिरबाट ध्वाँसे खोलामा खस्दा दुर्घटना भएको थियो । पिकअप भ्यानका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ