सलिम अन्सारी, साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछी जनजिवन प्रभावित भएको छ।

जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी, साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछी जनजिवन प्रभावित भएको छ।

जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घ"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा बाढी पहिरोले नोक्सानी, ५ जना बेपत्ता ४ जना मृत फेला

२०७३, ११ श्रावण मंगलवार ०६:०५

सलिम अन्सारी, साउन ११, प्युठान । गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछी जनजिवन प्रभावित भएको छ।

जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षिया शृमति शोभा रिजालको मृत्यु भएको खबर छ।बहाने कै सिमबुटामा धोज बहादुर पुनको घर पहिरोले पुरिदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षिया काली परियार,११ बर्षिया किरण थापा र अन्य २ जना पुरिएका छन।पुनको २८ बर्षिया छोरी पबित्रालाइ भने सकुसल उद्धार गरिएको छ।जिल्ला प्रहरिका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन। यो समाचार  तयार पार्दासम्म ४ ओटा शब झिमरुक नदि किनारमा फेला परेका छन। जिल्लाका दर्जनौं स्थानका बस्तीहरु उच्च जोखिममा छन्। झिमरुक ड्याम साइड रम्दीमा झिमरुक खोलाले बगाएर २ वटा शव भेटिएको छ। लगातारको पानी र खोला ठूलो भएका कारण निकाल्न नसकिएको स्थानीयले बताए।

विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिकाको भवन नजिकै पनि अर्का १ जनाको मृत शव खोलाले बगाएर ल्याएको छ। अन्दाजी ४५ वर्षीय पुरुषको शव रहेको उनको पनि सनाखत हुन सकेको छैन। त्यस्तै प्यूठानको बाग्दुला पुल नजिकै अन्दाजी १२ वर्षकी एक बालिका पनि मृत फेला परेकी छन्।

बाढी पहिरोले बिनासै बिनास

भारी बर्षातका कारण गएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउमा ठुलो क्षती पुर्याएको छ।बाढी र पहिरोको सन्त्रासमा प्यूठानका गाउँ गाउँमा रात गुजारेका छन्। 

प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन्। स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गरिरहेको छ। स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए। स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ। पहिरोका कारण अर्खा गाविस वडा नं। ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।तर अहिले सम्मा मानबिय क्षतिको खबर भने न आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। जोखिम क्षेत्रमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयले जनशक्ती परिचालन गरेको प्रहरी प्रमुख रन्जित सिह राठौरले बताए।त्यसै गरि  ढुङ्गेगदी ३ बड्डाडा बजारमा रहेको खानेपानीको ट्याङ्की पहिरोकोउच्च जोखिममा छ।५ बर्श अघि जिल्ला खानेपानीको १३ लाख रुपैया र स्थानियको श्रमदानमा निर्माण गरिएको ट्याङ्की पहिरोको जोखिममा रहेको हो।उक्त सेफ्टी ट्याङ्किबाट बजारका  झन्डै १ सय ५० घरधुरिले खानेपानीको सुबिधा लिदै आएको खानेपानी ब्याबस्थापन समितिका अध्यक्ष गोपिलाल उपाध्यायले जानकारी दिए।

जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन्।बाढी र वर्षाका कारण ग्रामिण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन्। झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ ।

नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । रजवारा गाविसमा स्थानीयले आफैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए ।

अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ । सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए ।

जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने