साउन ११, पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ । 

जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ । 

जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बिहानैदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

११ श्रावण २०७३, मंगलवार ०७:४२

साउन ११, पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ । 

जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्थानमा पहिरो खसेको हो । अविरल वर्षाले सडकमाथिबाट खसेको पहिराले राजमार्गका छेउमा रहेका तीन घर समेत पुरिएका छन् । अन्य चार घर अझै जोखिममा छन् । माटो र ढुङ्गासहित पानी बग्न नरोकिँदा यहाँका अझै चार घर खतरामा नै छन् । 

राति गएको पहिराले सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई बुटवल आवतजावतमा समस्या पैदा भएको छ । दूध, तरकारी लगायत गाउँमा उत्पादित सामान बुटवल लैजाने र बुटवलबाट दैनिक उपभोग्य सामान खरिद गरी ल्याउनेलाई सडक अवरुद्ध हुँदा समस्या पैदा भएको छ । 

बुटवलबाट पाल्पा हुँदै अर्घाखाँची, गुल्मी, बाग्लुङ, स्याङ्जा र पोखरा जाने सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै पाल्पाका ग्रामीण भेगबाट बुटवल जाने सवारी साधन सडक अवरुद्ध हुँदा यात्रु समस्या परेका छन् । 

पटक पटक पाल्पा–बुटवल सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिराले अवरुद्ध गरे पनि यसपालि दोभानको झुम्सा क्षेत्रमा ठूलो पहिराले सडक अवरुद्ध बनाउन पुगेको हो । पहिराले सात घर दलित परिवारलाई घरविहीन बनाएको छ । उनीहरुले अहिले नजिकैको स्थानीयवासीको सहारामा आश्रय लिएको स्थानीयवासी नारायण थापाले बताउनुभयो । 

सडक अवरुद्ध खुलाउन स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बिहानैदेखि खटिए पनि आज साँझसम्म बाटो खुलाउन समस्या रहेको स्थानीयवासीले बताएका छन् । पहिरो अझै रोकिएको छैन । आज साँझसम्म पनि सडक खुल्ने छाँट नभएको स्थानीय बासिन्दा नारायण थापाले बताउनुभयो । 

ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यका अनुसार सिद्धार्थ राजमार्ग खुलाउन तीन डोजर प्रयोगमा आएको छ । सिद्धबाबा क्षेत्रमा एउटा तथा चरचरे र पीपलडाँडा क्षेत्रमा एउटा डोजरको प्रयोग गरी स्थानीय प्रशासनले सडक खुलाउन पहल गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा