2026-10-16 03:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको ‘रेडजोन’मा, कहाँ कति संक्रमित ?

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९० पुगेको छ । सरकारले दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई रेड जोनमा राख्दै सुरक्षा मापदण्डमा कडाई गर्ने नीति लिएको छ । 

सक्रिय संक्रमितको स्थितिलाई हेर्दा काठमाडौँ नेपालमै दोश्रो जोखिमयुक्त जिल्लाको सूचीमा परेको छ । पर्सापछि काठमाण्डौ सङ्क्रमित धेरै भएको जिल्ला बनेको छ । पर्सामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ सय ३ छ भने काठमाडौँमा  ७ सय ९० सक्रिय संक्रमित छन् । काठमाडौँका अधिकांश संक्रमित पछिल्लो दुईसाता यताका हुन् ।

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेका जिल्ला अन्तर्गत काठमाण्डौ, रौतहट, महोत्तरी र पर्सारहेका छन् । 

पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुलाई मन्त्रालयले उच्च जोखिम भएका जिल्ला भनेको छ । यस्तै दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला पनि बढी जोखिम मानिएको छ । सर्लाही, धनुषा र मोरङमा सक्रिय सङ्क्रमितको संख्या दुई सयभन्दा धेरै छ । यसरी ७ जिल्लालाई सरकारले रेड जोनमा राखेको छ । 

यस्तै खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने हाल कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु