साउन ११, बर्दिबास । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ । 

बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, बर्दिबास । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ । 

बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिज"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

रातु नदीमा आएको बाढीले बाली नोक्सान

११ श्रावण २०७३, मंगलवार ०८:२५

साउन ११, बर्दिबास । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ । 

बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हतिसर्वा र सिङ्ग्याही सहितका गाविसमा साउने सङ्क्रान्तिका दिनदेखि सुरु भएको सघन वर्षासँगै रातु नदीमा आएको बाढीले सयौँ बिघा उर्वर जग्गा कटानसँगै ५० बिघाभन्दा बढीको बाली नोक्सान गरेको किसानले बताएका छन् । 

खासगरी गत आइतबार रातिदेखि परेको मुसलधारे पानीसँगै आएको बाढीले नदीका दुई किनारमा यसपालि बनाइएको कच्ची बाँध तोडेर जग्गा कटान र बाली नोक्सान गरेको किसानको भनाइ छ । बर्खा सुरु भएपछि गत असार अन्त्यतिर बाँधिएको बाँध आइतबार रातिको बाढीले फुटाउँदा आफ्नो गाविसमा मात्र सय बिघा उर्वर जग्गा कटान भएर बगरमा परिणत भएको पशुपतिनगरका पूर्वअध्यक्ष नथुनी महतोले जन्कारिन दिए । 

पशुपतिनगर–४, ६, ७, ८ र ९ का घर घरमा बाढी पसेर उत्पात मच्चाएको पूर्वअध्यक्ष महतोको भनाइ छ । पशुपतिनगरमा १५० बिघाभन्दा बढीमा लगाइएको उखु, तरकारी र बगैँचा समेत बाढीले बगर बनाएको किसानले बताएका छन् । 

त्यसैगरी बिजलपुराको भेडिहारी र जुडीटोल, भङ्गाहाको पलार, टोका र रामनगरसहितका बस्तीमा बाढी पसेको छ । आइतबार रातिको बाढीले आफ्नो गाविसको ५० बिघा जग्गा कटान गरेर ३० बिघाभन्दा बढीको बाली नोक्सान गरेको भङ्गाहा–३ रामनगरका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुरले जानकारी दिए । आइतबार राति हतिसर्वाका १ र ५ तथा सिङ्ग्याहीका ३, ४, ६ र ९ नं वडामा बाढी घरघरै पसेर ताण्डव मच्चाएको जिविसका पूर्वसदस्य विष्णुनारायण पञ्जियारले जानकारी दिए । 

सिङ्गै हिउँद त्यत्तिकै कटाएर बर्खा लागेपछि बर्दिबास र पशुपतिनगरमा रातु नदीमा बाँधिएको बाँधको माटो खुकुलो भएकाले बाढीले सजिलै भत्काउँदा ठूलो क्षति व्यहोर्नुपरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् । 

बाँध भत्केकाले अब आउने बाढीले बस्तीका घर सजिलै लडाउने स्थिति देखिएको पशुपतिनगर–६ दलित बस्तीका महेश्वर राम बताउछन । प्रजिअ वीरेन्द्रकुमार यादवले बाढी प्रभावित क्षेत्रमा विभिन्न निकायको समन्वयमा बचाउ कार्य तत्काल सुरु गरिने जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का