२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

खोला तार्दै, हजार तिर्दै

२८ श्रावण २०७७, बुधबार ०४:१८

हेमन्त केसी | साउन २८, जाजरकोट | भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उहाँले रु एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताउनुभयो । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाउनुभयो ।

पैँतीस किलोमिटर सडकमा अहिले जिपमा जाँदा पनि रु एक हजार भाडा लाग्ने गर्दछ । वर्षायाममा बाटो ठाउँठाउँमा भत्किएको भन्दै रु ४०० मा जान सकिने ठाउँमा अहिले एक हजार भाडा लिन थालिएको छ । बाँके खोला सानो हुँदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको सिमबजार र नलगाड नगरपालिकाको कालीमाटीमा सिधा यातायात सेवा हुने गर्छ । 

खोला बढ्ने बित्तिकै बाँके खोलाको दुई किनारामा जिपहरु राखिएको हुन्छ । सोही दुई किनारका काठको फलेकको सहयोगमा खोला पार गरी पारि रहेको अर्को जिपमा बसेर यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का विष्णुकुमारी खत्रीले जानकारी दिनुभयो । बर्सेनि यो ठाउँमा खोलाले दुःख दिने गरेको छ । सोमबार मात्र सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा ठप्प भएको थियो । 

जाजरकोट–डोल्पा सडकखण्डको बीचबीचमा १२ खोला छन् । कुनै पनि खोलामा पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को मूल्य असुल्ने गरेका छन् । मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार तिरेर खोला तारेर जानु पर्ने बाध्यता रहेको छ ।

खोलामा पानीको बहाव बढेसँगै यस सडकमा चल्ने खच्चडहरु समेत ठप्प हुने गरेका छन् । ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विकले बताउनुभयो । स्थानीय कमल पुनले भन्नुभयो, “यो खोलामा आफूले थाहा पाउँदासम्म सात जनाको बगेर मृत्यु भइसक्यो । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।” 

बाँके खोलामा पुल निर्माण शुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् । रुकुमपश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । पन्ध्र वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्नु परेको हो । 

जाजरकोट–डोल्पा सडकखण्डमा यात्राभन्दा सास्ती बढी भोग्नु परेको छ । नलगाड नदी र धुर्मेखोलामा पुल निर्माण नहुँदा दल्लीबाट तल्लु बगरसम्म अर्को जिप चढेर यात्रा गर्नुपर्ने बाध्यता छ । नलगाड नदी सानो हुँदा काठको फलेकबाट तरेर जाने यातायातका साधनहरु नदीमा पानीको बहाव बढेसँगै ठप्प भएका छन् । 

धुर्मेखोलामा पानीको बहाव बढेसँगै सो ठाउँमा पनि जिपहरु तार्न नसकिएको चालक भीमबहादुर बुढाले बताउनुभयो । त्यतिमात्र होइन, खलङ्गा–पाँचकटिया सडकखण्ड समेत अवरुद्ध भएको छ । यो सडकखण्डको गाराराङ्सीमा पहिरोले सडक अवरुद्ध भएपछि एक महिनादेखि सडक अवरुद्ध भएको हो । अवरुद्ध  सडक खुलाउने विषयमा सरोकारवाला निकायले चासो दिएको छैन । कालीमाटी–बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्रसम्मको सडक भौतिक पूर्वाधार कार्यालयले मर्मतको काम शुरु गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता