२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मेलमिलाप सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७२, ३० फाल्गुन आईतवार ११:५८

ताराबहादुर महत, फागुन ३०, दोलखा
सामुदायिक मेलमिलाप कार्यक्रमको जिल्ला
स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम आज सदरमुकाम चरीकोटमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता
महासंघ नेपाल, जिल्ला महासंघ दोलखाका अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक
स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापाले विनाशकारी भुकम्प पछि
स्थानिय स्तरमा देखिएका विवादलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले
द एसिया फाउण्डेसनको आर्थिक  सहयोगमा  प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र (एनआरसीटीसी)
नेपालले दोलखासहित भुकम्प अति प्रभावित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र दोलखामा सन्
२०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको बताउनुभयोे । कार्यक्रममा
प्राकृतिक  स्रोत द्वन्द्व रुपान्तरण केन्द्र दोलखाका जिल्ला संयोजक रत्ना तमाङले दोलखामा प्राकृतिक
स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले गरेको कामको बारेमा जानकारी गराउनुभएको थियो । प्राकृतिक स्रोत
द्वन्द्व रुपान्तरण केन्दको आयोजना र द एसिया फाउण्डेसनको आर्थिक  सहयोगमा भएको कार्यक्रममा सहायक
प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, जिल्ला  वन कार्यालय दोलखाका वन अधिकृत विष्णुदेव भण्डारी,
जिल्ला अदालत दोलखाका से्रस्तेदार धुव्र कार्की  र प्राकृतिक  स्रोत द्वन्द्व  रुपान्तरण केन्द्र नेपाल
दोलखाका जिल्ला प्रशिक्षक तारा बहादुर महत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु