धादिङमा अनिश्चितकालिन निशेधाज्ञा जारी (सूचना सहित)

साझासवाल

साउन २८, धादिङ | धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा समुदायमा संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले साउन २९ गतेदेखि अर्को आदेश नभएसम्मको लागि निशेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको निषेधाज्ञा सूचना अनुसार कोभिड संक्रमणको बढ्दो स्थितिमा उपत्यकामा समेत संक्रमणको दर उच्च देखाएकोले मौवाखोला पुलदेखि पिपलामोडसम्मको राजमार्ग क्षेत्रमा मालवाहक गाडी र एम्बुलेन्सबाहेकका अन्य यातायातका सवारी संचालनमा रोक लगाइएको जनाएको छ ।

त्यस्तै अर्को निर्णयमा जिल्लाका नीजी क्षेत्रबाट संचालित होटल संचालक, जिल्ला प्रहरी कार्यालयका उच्च अधिकृत र रेडक्रसका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको र समुदायमा कोभिड १९ संक्रमण फैलन सक्ने उच्च सम्भावना रहेको भन्दै कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजे देखि लागुहुने गरि भाद्र ३ गते राति १२ बजेसम्म निशेधाज्ञा गरिएको जनाएको छ ।

जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचना अनुसार स्थानीय तहद्वारा संचालित एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा राख्ने, जिल्लाभीत्रका होटल, बैंक तथा वित्तीय संस्था र सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको बैठकले गरेको निर्णय अनुसारको निषेधाज्ञा अवलम्वन गरे स्थानीय संक्रमण रोग ऐन २०२० दफा (३) र स्थानीय प्रशासन एन, २०२८ को दफा ६ बमोजिम अनुरुप निशेधाज्ञ जारी गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

Leave a Comment

Leave a Reply