2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

साउन ३०,काठमाडौं । परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुप¥यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले उनलाई पटकपटक ब्ल्याकमेलिङ गरेर यौनसम्बन्ध राख्दै आएका थिए।

हुर्केकी छोरीसम्मलाई बोहोराले गलत नजरले हेर्न थालेपछि आफू उक्त अपराध गर्न बाध्य भएको पौडेलले बयानमा खुलाएकी छन्। फिल्मी शैलीमा पौडेलले गरेको उक्त अपराधबारे अनुसन्धान गर्ने प्रहरी र स्थानीयवासीले आश्चर्यप्रकट गरे। एउटी महिला कसरी पासविक हत्यामा उत्रिन सक्छिन् भनेर।

घटनाः २

२०७६ असार १६ गते आफ्नो प्रेममा बाधक बनेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीकी ईश्वरी भट्टराईले ६० वर्षीया आमा सावित्री भट्टराईको हत्या गर्न लगाइन्। श्रीमान् हुँदाहुदै ईश्वरीको भारतीय नागरिक महोम्मद नैसाफसँग अवैध सम्बन्ध थियो।

उक्त सम्बन्धबारे ईश्वरीकी आमा सावित्री जानकार थिइन्। नैसाफ र ईश्वरीको चिनजान र भेट पनि फेसबुकले नै जुराएको थियो। कामले श्रीमान् बाहिर रहेका बेला ईश्वरीले नैसाफलाई घरमा बोलाउँथिन्। आमाले परपुरुषसँग सम्बन्ध नराख्न ईश्वरीलाई पटकपटक सम्झाएकी पनि थिइन्। तर, छोरी नै आमाका काल बनिन्। भरतीय नागरिकलाई १२ लाख रुपैयाँको सुपारी दिएर ईश्वरीले पे्रमी नैसाफको योजनामा आमाको हत्या गरेकी थिइन्।

घटनाः ३

२०७६ माघ २४ गते मोरङको विराटनगरस्थित उखुबारीमा हत्या गरेर फालेको अवस्थामा एउटी महिलाको शव फेला प¥यो। प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा ती महिला सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियार रहेको रहस्य खुल्यो। परियारको हत्याको आरोपमा सप्तरी जिल्ला मट्टीगढा घर भई मोरङको बूढीगंगा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरियो।

साहले प्रहरी बयानमा सम्झनाले आफूलाई पटकपटक विवाह गर्न दबाब दिएकै कारण आवेगमा आएर माघ २१ गते हत्या गरेको बयान दिए। विवाह नगरे दुईजनाको सम्बन्ध सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिएपछि सम्झनाको हत्या गर्ने निष्कर्षमा आफू पुगेको सुरेन्द्रले प्रहरी बयानमा खुलाएका थिए। दुई बच्चाकी आमा सम्झना र सुरेन्द्र लामो समयदेखि रिलेसनसिपमा थिए। सम्झनाको हत्या अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो। सम्झनाको शव बोक्न प्रयोग भएको मोटरसाइकल कुकुर र सीसीटीभीको माध्यमबाट पत्ता लागेको थियो।

यी तीन घटना सामाजिक सञ्जालसँग जोडिएका गम्भीर प्रकृतिका अपराधका शृंखला मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ। मन मिलुन्जेल अवैध सम्बन्ध ठीक। तर, सम्बन्धमा टकराव आएपछि त्यही सम्बन्ध बार्गेनिङको हतियार बन्ने गरेको प्रहरीको विभिन्न अनुसन्धानले देखाएको छ। यतिसम्मकि अवैध सम्बन्धको फोटो र भिडियो बनाएर एकले अर्कोलाई धम्क्याउने र कालान्तरमा सम्बन्ध हत्यामा पुगेर टुंगिने गरेको देखिन्छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा  सुवास गोतामेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक