2026-07-25 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

साउन ३०, ब्रासिलिया। (रासस/एएनआई)। ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् ।त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख नाघेको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ यो महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ५ हजारभन्दा बढी देखिएको छ ।

अधिकारीहरुले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २६२ जनाको मृत्यु भएको बताएका छन् । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुनहरु खोल्ने तयारी गरिरहेको बताइएको छ । यस अवस्थामा ब्राजिलमा कोरोना भाइरसका सक्रमितको संख्या झन् बढ्न थालेको हो ।

रियो डि जेनेरियोमा भने केही बजार, पसल,बार र रेष्टुरेन्ट खुलिसकेको बताइएको छ । ब्राजिल विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरुमा पर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक