गणेश सिर्पाली/साउन ११, रुकुम । वितेको आर्थीक वर्ष २०७२/०७३ मा रुकुममा सवारी कारवाहीबाट करिब २१ लाख रुपैंया राजश्व संकलन भएको छ । 

एक वर्षको अवधिमा ७ हजार ६ सय ८३ सवारी कारबाहीबाट २० लाख ७३ हजार ४ सय ५० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ११, रुकुम । वितेको आर्थीक वर्ष २०७२/०७३ मा रुकुममा सवारी कारवाहीबाट करिब २१ लाख रुपैंया राजश्व संकलन भएको छ । 

एक वर्षको अवधिमा ७ हजार ६ सय ८३ सवारी कारबाहीबाट २० लाख ७३ हजार ४ सय ५० "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा साढे ७ सय सवारी साधन कारवाहीमा, २१ लाख राजश्व संकलन

११ श्रावण २०७३, मंगलवार १०:११

गणेश सिर्पाली/साउन ११, रुकुम । वितेको आर्थीक वर्ष २०७२/०७३ मा रुकुममा सवारी कारवाहीबाट करिब २१ लाख रुपैंया राजश्व संकलन भएको छ । 

एक वर्षको अवधिमा ७ हजार ६ सय ८३ सवारी कारबाहीबाट २० लाख ७३ हजार ४ सय ५० रुपैंया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटर साईकल रहेका छन् । २ हजार ६ सय ९३ ओटा मोटरसाईकल कारवाहीबाट सबैभन्दा बढी ८ लाख ३९ हजार ६ सय ५० राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी नायव निरिक्षक जागुराम चौधरीले जानकारी दिए । 

उनका अनुशार १ हजार ८० बस कारबाहिबाट २ लाख ८३ हजार १ सय, ८ सय ३६ ट्रकबाट १ लाख ९५ हजार ७ सय, १ हजार ७ सय ८० ट्याक्टरबाट ४ लाख ६ हजार ७ सय ५० र १ हजार १ सय ९३ जिपबाट ३ लाख ४८ हजार १ सय ५० रुपैंया राजश्व संकलन भएको छ । 

आर्थीक वर्ष २०७१/०७२ को तुलनामा वितेको आर्थीक वर्षमा कारवाहीमा पर्ने सवारी साधन र राजश्वमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ०७१/७२ मा ७ हजार ८० ओटा सवारी साधन कारवाहीमा परेकामा १५ लाख ६३ हजार २ सय राजश्व संकलन भएको थियो ।

यसैविच वितेको आर्थीक वर्षमा जिल्लामा २५ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो भने २९ जना घाईते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का