गणेश सिर्पाली/साउन ११, रुकुम । वितेको आर्थीक वर्ष २०७२/०७३ मा रुकुममा सवारी कारवाहीबाट करिब २१ लाख रुपैंया राजश्व संकलन भएको छ । 

एक वर्षको अवधिमा ७ हजार ६ सय ८३ सवारी कारबाहीबाट २० लाख ७३ हजार ४ सय ५० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ११, रुकुम । वितेको आर्थीक वर्ष २०७२/०७३ मा रुकुममा सवारी कारवाहीबाट करिब २१ लाख रुपैंया राजश्व संकलन भएको छ । 

एक वर्षको अवधिमा ७ हजार ६ सय ८३ सवारी कारबाहीबाट २० लाख ७३ हजार ४ सय ५० "/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा साढे ७ सय सवारी साधन कारवाहीमा, २१ लाख राजश्व संकलन

२०७३, ११ श्रावण मंगलवार १०:११

गणेश सिर्पाली/साउन ११, रुकुम । वितेको आर्थीक वर्ष २०७२/०७३ मा रुकुममा सवारी कारवाहीबाट करिब २१ लाख रुपैंया राजश्व संकलन भएको छ । 

एक वर्षको अवधिमा ७ हजार ६ सय ८३ सवारी कारबाहीबाट २० लाख ७३ हजार ४ सय ५० रुपैंया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बढी मोटर साईकल रहेका छन् । २ हजार ६ सय ९३ ओटा मोटरसाईकल कारवाहीबाट सबैभन्दा बढी ८ लाख ३९ हजार ६ सय ५० राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी नायव निरिक्षक जागुराम चौधरीले जानकारी दिए । 

उनका अनुशार १ हजार ८० बस कारबाहिबाट २ लाख ८३ हजार १ सय, ८ सय ३६ ट्रकबाट १ लाख ९५ हजार ७ सय, १ हजार ७ सय ८० ट्याक्टरबाट ४ लाख ६ हजार ७ सय ५० र १ हजार १ सय ९३ जिपबाट ३ लाख ४८ हजार १ सय ५० रुपैंया राजश्व संकलन भएको छ । 

आर्थीक वर्ष २०७१/०७२ को तुलनामा वितेको आर्थीक वर्षमा कारवाहीमा पर्ने सवारी साधन र राजश्वमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ०७१/७२ मा ७ हजार ८० ओटा सवारी साधन कारवाहीमा परेकामा १५ लाख ६३ हजार २ सय राजश्व संकलन भएको थियो ।

यसैविच वितेको आर्थीक वर्षमा जिल्लामा २५ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो भने २९ जना घाईते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने