2026-07-24 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकैदिन साढे ११ हजार पिसिआर परीक्षण, संक्रमित कहाँका कति ?

साउन ३०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । 

योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । विगत २४ घण्टामा २४० जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म १७ हजार ७७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताउनुभयो । 

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै धेरै ११ हजार ५७५ जनाको नमूना परीक्षण गरिएको थियो । पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२,  बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा नौ, कैलाली नौ, सिरहा छ, अछाम छ, रौतहट पाँच, बर्दिया पाँच,  कपिलवस्तु पाँच, दैलेख तीन, सिन्धुपाल्चोक दुई, नवलपुर दुई, कञ्चनपुर दुई तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ । मृत्यु हुनेमा ७७ पुरुष र २२ महिला छन् । कोरोनाबाट मर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४२ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा चारजना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार आज कोरोनाबाट मोरङ र सिरहाका एक–एक पुरुष तथा बारामा दुई पुरुषको ज्यान गएको हो । 

पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । हालसम्म चार लाख ९४ हजार ६१३ जनाको पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् । 

काठमाडौँ उपत्यकामा थपिए ११९ कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ११९ जना कोरोना सङ्क्रमित थपिएका प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये काठमाडौँ ८३, ललितपुर ३० र भक्तपुरका छ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार पनि उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक