साउन ११, जाजरकोट । यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ । 

विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो । स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, जाजरकोट । यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ । 

विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो । स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर का"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

छिन्चु–जाजरकोट सडकले स्थायी ‘रुट पर्मिट’ पायो

११ श्रावण २०७३, मंगलवार ११:३८

साउन ११, जाजरकोट । यातायात व्यवस्था विभागले छिन्चु–जाजरकोट सडकलाई स्थायी ‘रुट पर्मिट’ दिएको छ । 

विभागले यसअघि सल्यानको सल्ली बजारसम्म मात्र स्थायी रुट पर्मिट उपलब्ध गराएको थियो । स्थायी पर्मिट पाएसँगै अब उक्त सडकखण्डमा सरकारी भाडादर कायम हुनेछ । सदरमुकामबाट नेपालगन्जसम्म अब सरकारी भाडादर कायम हुनेछ । 

खलङ्गाबाट नेपालगन्जसम्म भाडादर रु ४६४ र खलङ्गाबाट काठमाडौँसम्मका लागि रु एक हजार ३३६ कायम भएको छ । सदरमुकाम खलङ्गाबाट नेपालगन्ज १८८ किलोमिटर र काठमाडौँ ६८५ किमीको दूरीमा रहेको छ । 

स्थायी रुट पर्मिट नआउँदासम्म यातायात व्यवशायीले यात्रुबाट काठमाडौँका लागि रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्म भाडा लिँदै आएका थिए भने नेपालगन्जका लागि रु ९०० देखि रु एक हजार २०० सम्म लिने गरेका थिए । यातायात व्यवसायीले तोकिएको भाडादर कार्यान्वयन गरे नगरेको अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का