१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

विद्यार्थी कार्डमा भाडा छुटको माग

८ चैत्र २०७२, सोमबार ०९:२२

ताराबहादुर महत, चैत्र ८, दोलखा
सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई दिइदै आएको भाडा छुटको व्यवस्थालाई
निरन्तरता दिन अनेरास्ववियु दोलखाले माग गरेको छ ।

त्यसैगरी
क्याम्पस समयमा यसअघि जिल्लामा सञ्चालित तामाकोशी–चरिकोट, बोच–चरिकोट र दोलखा–चरिकोट बस सेवालाई नियमित
गर्नुपर्ने र विद्यालय समयमा विद्यार्थीहरुलाई बस नरोक्ने प्रवृत्ति ७ दिनभित्र अन्त्य गर्नुपर्ने माग
गरिएको छ । अनेरास्ववियु क्षेत्र नम्बर २ दोलखाका संयोजक राजकुमार ढुङगेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा
सात दिनभित्र सबै माग पुरा नभए कडा आन्दोलनमा उत्रिने र आन्दोलनको सम्पुर्ण जिम्मेवारी यातायात समितिले
लिनुपर्ने चेतावनी समेत दिइएको छ । ३ बुँदे माग सहितको विज्ञप्ती अरनिको, रोल्वालिङ यातायात समिति र
जिल्ला प्रशासन कार्यालयमा पनि बुझाइएको अनेरास्ववियु क्षेत्र नम्बर २ दोलखाका संयोजक राजकुमार ढुङगेलले
जानकारी दिनुभयो । अरनिको यातायात समिति माताहतका गाडी धनीहरुलाई विद्यार्थी कार्डमा छुट दिन करिब एक
साता अघि नै अनुरोध गरिसकिएको र इन्धन पर्याप्त नभएकोले क्याम्पस समयमा बस सञ्चालन हुन नसकेको अरनिको
यातायात सेवा समितीका सचिव श्याम लामाले बताउनुभयो ।

इन्धन
अभावका कारण देखाउँदै करिब ६ महिना अघिबाट जिल्लामा सञ्चालित अरनिको र रोल्वालिङ यातायातका यात्रुबाहक
बसले विद्यार्थी कार्डमा छुट दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो