साउन ११, पर्बत  । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ । 

जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, पर्बत  । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ । 

जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० ग"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेतीबेनी बजार डुबानमा, ५० घर उच्च जोखिममा

११ श्रावण २०७३, मंगलवार १२:३८

साउन ११, पर्बत  । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ । 

जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० गरी १५ घर डुबानमा परेको सेतीबेनी प्रहरी चौकीले जनाएको छ । पश्चिमबाट कालिगण्डकी नदी र उत्तरबाट सेतीखोलामा बाढी आउँदा विश्वकै ठूलो शालीग्राम शिलासहित शिव मन्दिरलगायतका क्षेत्रसमेत डुबानमा परेका छन् । 

डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

बाढीको बहाव बढ्दै गएकाले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्वत तर्फ रहेको सेतीबेनी उच्च माविसहितका ५० घर उच्च जोखिममा परेका छन् । उच्च जोखिममा रहेका सेतीवेनी बजारका बासिन्दालाई प्रहरीले उच्च सतर्कता अपनाउन भनेको छ । 

सेतीबेनी बजार डुबानमा परेपछि कालिगण्डकी ए जलविद्युत आयोजनाका लागि स्याङ्जाको मिर्मीमा बनाइएको बाँधका सबै ढोका खोलिएको छ । 

सेतीबेनीदेखि मिर्मीसम्म सञ्चालित जलयातायात अवरुद्ध भएको छ । करिब एक सय जना यात्रुहरु बोक्ने एक दर्जन स्टिमरहरु चल्न नसक्दा पर्वत, गुल्मी र स्याङ्जाका कतिपय गाउँहरुमा सामान ढुवानी गर्न र आवात(जावत गर्न बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का