साउन ११, नवलपरासी । नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, नवलपरासी । नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।
2026-09-19 06:09 AM
काठमाडौँ - KTM

गण्डक ब्यारेजको सबै ढोका खोलियो

साउन ११, नवलपरासी । नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि यतिबेला गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारायणी नदीमा पानीको बहाबले खतराको बिन्दुसमेत नाघेपछि उच्च सतकर्ता अपनाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो । 

नारायणी नदीमा गरिएको पछिल्लो पानी मापनअनुसार ९ दशमलब ४१ मिटर रहेको देबघाटस्थित जल मापन केन्द्रलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । ८ दशमलब ४ मिटर हुँदा नारायणी नदी क्षेत्रमा पूर्णरुपमा खतराको सङ्केत हुन्छ । 

नदीमा पानीको बहाव बढ्दै जाँदा जल मापन प्रविधिमा समेत प्राविधिक समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गण्डक ब्यारेजको सबै ढोका खोलिए पनि नदीमा पानीको बहाव निकै रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गदै नदी किनार आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचित गरेको छ । 

अहिले यस क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले नदी किनार आसपासमा साइरन बजाई स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए । 

नारायणी नदीमा आएको बाढीले नवलपरासीको दक्षिण भेगका नर्सही, कुडिया, पक्लिहवा, गुठी प्रसौनी, प्रतापपुर, गुठी सूर्यपुरालगायतका १३ गाविस बाढीको उच्च जोखिममा रहेका छन् । 

नवलपरासीको त्रिवेणीमा भारतीय पक्षले बाँधेको बाँधका कारण पानीको सतह खतराको सङ्केतभन्दा माथि पुगेको हो । पहाडी जिल्लामा तीन दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण गण्डकी–नारायणी नदीमा पानीको बहाव उच्च भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई