वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

साझासवाल

भदौ १, वाग्मती (रासस) । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित हुनुभएको छ ।  कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उहाँको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको  उहाँको सचिवालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गर्नुभयो । हेटाँैंडास्थित आफ्नै निवासमा उहाँ सेल्फ आइसोलेशनमा बस्नुभएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भए पनि उहाँमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उहाँका स्वकीय सचिवले जनाएका छन् । उहाँसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ  ।

Leave a Comment

Leave a Reply