दिपक अनुरागी | साउन ११, कपिलवस्तु । सोमबार राति देखी परेको अविरल वर्षासंगै आएको बाढिमा परेर कपिलवस्तुमा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा नगरपालीका ७ ओदारी बस्ने बर्ष १२ की रविना चौधरी र कजरहवा ९ सिंग्राहाका बर्ष २१ का शिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिपक अनुरागी | साउन ११, कपिलवस्तु । सोमबार राति देखी परेको अविरल वर्षासंगै आएको बाढिमा परेर कपिलवस्तुमा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा नगरपालीका ७ ओदारी बस्ने बर्ष १२ की रविना चौधरी र कजरहवा ९ सिंग्राहाका बर्ष २१ का शिव"/>
१ माघ २०८२, बुधबार
कपिलवस्तु - KPL

बाणगंगा नदी गाउँ पस्यो, सातसय बढी घर डुबानमा, २ जनाको मृत्यु

११ श्रावण २०७३, मंगलवार १५:३६

दिपक अनुरागी | साउन ११, कपिलवस्तु । सोमबार राति देखी परेको अविरल वर्षासंगै आएको बाढिमा परेर कपिलवस्तुमा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बाणगंगा नगरपालीका ७ ओदारी बस्ने बर्ष १२ की रविना चौधरी र कजरहवा ९ सिंग्राहाका बर्ष २१ का शिव गुलाम कलवार रहेका छन् ।


यसैगरी भीषण बर्षासँगै बाणगंगा नदीमा आएको बढीले जिल्लाका एक दर्जन गाविसका सात सय बढी घर डुवानमा परेका छन् । गए राति देखिको अबिरल बर्षासंगै नदीमा पानीको बहाव बढेपछि दर्जनौं गाउ डुबानमा परेका हुन् ।

बाणगांगा नगरपालिका–१३ मा पर्ने आधा दर्जन बस्तीहरु, कपिलवस्तु नगरपालिकाको तिलौरी, धनकौलीको देवपुरा, बिजगौरी, बलरमवापुर, सौराहाको अकबरपुर, कजराहवाको सिग्राहा, कठौनिया र सोनबर्षा, शिहोखोरको खोरिया, हदौना लगायतका गाउहरु डुबानमा परेको प्रहरी उपरीक्षक बिष्णु कुमार केसीले बताउनु भयो ।

बाढीले सयौं चौपाया समेत बगाएर लगेको छ । आज बिहान बाणगांगा नगरपालिका–१३ मा पर्ने कोइली बनगाईका २ सय बढी घर, भग्लापुरका ७०, धरौनीका ६५, बोडंगाउका ७०, मोतिपुर डाडा, भलवाडका ५५ घर डुबानमा परेका छन् । बाण्गांगाका पुल छेउमा रहेका २ घर बाढीले बगाएको छ । यस्तै चार नम्बर जीतपुर र इलाका वन पिपरा समेत डुबेको छ ।


नदीको पानी बस्तीमा पसेको थियो । बिहान ५ बजे पछि एक्कासी बाढी आउँदा नदी आसपासका घरहरु डुबानमा परेको स्थानीय हरि अधिकारीले बताउनु भयो । घर डुबानमा परेपछि सर्वसाधारणले ज्यान जोगाउन छत माथि बसेका थिए । उनीहरुलाई नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले सकुसल उद्धार गरेको थियो । डुबानमा फसेका ५५ बढीको सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक केसीले बताउनु भयो । अबिरल बर्षा र डुबानले त्यस क्षेत्रका बिद्यलाय बन्द गरिएको छ ।

यसैगरी भृकुटी नगरपालिका क्षेत्रमा पर्ने गुरुङ खोलाको बहाव उच्च भएपछि नदी पुल माथि बगेको छ । जसकारण पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । उता बाढीका दाउरा खोज्न हिँडेका बेला नदीमा फसेका ६ जनालाई धनकौली गाविसको मोतिनगरका दैबी प्रकोप उद्धार टोलीले उद्धार गरेको थियो । बिहान ६ बजेदेखि ६ जना युवाहरु रुखमा चढेर बसेका थिए ।

मोतिनगरका एक दर्जन युवाहरुको टोलीले ज्यान जोखिममा राखेर उनीहरुलाई ६ घण्टापछि उद्धार गरी परिवारको जिम्मा लगाइएको उद्धार दलका संयोजक गंगासागर केवटले बताउनु भयो । कपिलवस्तु नगरपालिका– १८ रुधौलाका शिव केवट, रामचन्द्र केवट, राजेन्द्र बिश्वकर्मा, बब्लु केवट, संदीप हरिजन र शिव चन्द्र कहारको उद्धार भएको हो ।


प्रहरी प्रशासनले उद्धारमा आफूहरुलाई खासै सहयोग नगरेको उद्धार टोलीका सदस्य रामु यादवले गुनासो गर्नुभयो। नदीको बाहाव रामघाट, बिजगौरी र बर्गदीघाटमा रहेको पुलको माथिल्लो भागसम्म पुगेको थियो । बाणगंगा नदीले बिहान जिल्लको उत्तरी भेगमा डुबान गरेकोमा दिउँसो दक्षिणी गाबिसमा उत्पात मच्चाएको छ । अहिले कजराहवा, खोरिया र हदौना गाउमा नदी पसेको छ । नदीको बाहाव गाउमा पसेपछि उद्धार टोली दक्षिणी क्षेत्रमा पठाइएको प्रजिअ इन्दु घिमिरेले बताउनुभयो ।

यसैबिच वाणगंगा नदीको लक्ष्मणघाटमा उच्च वहाव वढेसंगै सुयममै वाधको १ नं ढोका खुल्न नसक्दा भैतिक क्षेती वढेकोछ । वाधमा खतराको संकेत भन्दा माथि पानीको वहाव वढेपनि सिंचाई डिभिजन तौलिहवाले समयमै ढोका खुल्न मर्मत संभार नगर्दा विग्रीएपछि वाढीले क्षेती पुराएको श्रृंगीघाट सिचाई  जलउपभोक्ता योजनाका सहसचिव कविराज गौतमले बताउनुभयो । वाणगंगा नदिमा आएको बाढिले लक्ष्मणघाट देखि उत्तर पटि को करिब ६० मिटर डयाम कटान गरेको हो ।यता हरिहर पुर गाविस का २ गाँउ डुबानमा परेका छन । गाँउमा रहेको श्री प्रावी कोटीहवा डाँडाको विद्यालय डुवानमा पर्दा सवै कागजपत्र नष्ट भएको विद्यालयका गोकर्ण पोख्रेलले जानकारी दिनुभयो । 

यता नेकपा एमाले कपिलवस्तुले बाढी पिडितको घरमा पुगि सहानुभुति प्रकट गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, नेतृ बिमला घिमिरे, कृष्ण पौडेल, छविलाल रेश्मि, तेजेन्द्र पाण्डे, नेत्र गिरी, कृण्ष गिरी, भिम थापा लगायतको टोली पिडितको घरमा पुगेर सहानुभुति प्रकट गर्नुभएको हो ।


आजको भारी बर्षाले वाणगंगानगरपालिका अन्तर्गत मोतीपुर, बनगाई, धैरेनीडाडा, भलवाड लगायतको क्षेत्रमा बढी क्षति पुर्याएको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनुभयो । पिडितलाई उचित क्षतिपुर्ति दिन सम्बन्धित निकायलाई अध्यक्ष पोख्रेलले आग्रह गर्नुभएको छ ।

यसैबिच हिजो साझबाट परेको अविरल वर्षाको कारण भएको भौतिक क्षती प्रती अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कपिलवस्तुले गहिरो दुख ब्यक्त गरेको छ  । साथै  बाढीले  पशुपक्षी तथा खेतीबारीमा पुराएको क्षतीको ब्यापक मुल्याङ्कन गरी सरकार समक्ष क्षतीपुर्तीको माग गरिने महासंघका अध्यक्ष ताराजन घिमिरेले जानकारी दिनु भयो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाड कपिलवस्तुले वाणगंगा नगरपालीका १६ र १७मा  ६ पिडीत परिवार लाई राहत वितरण गरेको छ । प्रति परिवार ५ केजी चामल, दाल, नुन, तेल र लत्ताकपडा वितरण गरिएको लेखा समिती संयोजक बाबुराम रायमाझीले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष कुमार मधु वेल्वासे, संचालक समितीका पधादीकारी, बुद्धि जिवी समाज सेवी लगायतको उपस्थिती रहेको थियो ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का