३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

हलेसी सामुदायिक वनमा भीषण आगलागी

२५ चैत्र २०७२, बिहीबार ११:१७

चैत २५, दोलखा / जिरी नगरपालिका वडा नंं २ स्थित हलेसी सामुदायिक वनमा भीषण आगलागी भएको छ

बिहान १० बजेतिर दोबान गाउँ नजिकै भिरबाट लागेको आगो अहिले हलेसी मन्दिरको आसपाससम्म आइपुगेको
छ । बिहानैदेखि चलेको तीव्र हावाहुरीका कारण आगो नियन्त्रण बाहिर गएको हो ।

स्थानीयवासीले आगो
नियन्त्रणमा लिन खोजे पनि हावाहुरीका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय
जिरीबाट प्रहरीको टोली आगो नियन्त्रणमा लिन खटिइसकिएको प्रहरी नायब निरीक्षक विष्णुराज फुयाँलले
बताए।

आगो कसरी लागेको हो भन्नेबारे केही खुल्न सकेको छैन । चौरासी हेक्टर क्षेत्रफलमा फैलिएको
हलेसी सामुदायिक वनको आधाभन्दा बढी भूभाग अहिले डढेलोले जलिसकेको छ ।

हावाहुरी बढिरहेका कारण आगो
माली गाउँको माथिल्लो भागतिर फैलिएको छ भने डाँडापारिको भागबाट होमडाँडा सामुदायिक वन र धाउखानी
सामुदायिक वनतर्फ बढिरहेको छ ।

सामुदायिक वनको साधारणसभा चैत २७ गते तय गरिएको छ । साधारणसभा आउन
दुई दिन बाँकी हुँदै सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

आगलागी भएको क्षेत्र सर्वसाधारणको चरन
क्षेत्र भएकाले जिरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारणका चौपाया डढेलोका कारण प्रभावित भएका छन् ।
अहिले धुवाँका कारण सिङ्गै गाउँ अँध्यारोमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति