2026-09-12 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

भदौ ३, जाजरकोट (रासस) । अविरल वर्षासँगै जात खोलामा आएको बाढीले आज बिहान शिवालय गाउँपालिका–६ को वडा कार्यालय भवन बगाएको छ । भारी बाढीको कटानका कारण टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडाध्यक्ष भक्तबहादुर थापाले जानकारी दिनुभयो । 

यस्तै भीषण वर्षाका कारण वडा नं ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब १५० घर पहिराको जोखिममा रहेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । केही घर चर्किएका छन् ।

पहिराको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने उहाँले जानकारी दिनुभयो । बाढीले कटान गरेपछि सयौँ बिगाहा खेत बगरमा परिणत हुनुका साथै दर्जनौँ पानी घट्ट पनि बगाएको छ । पहिरो खसेपछि शिवालय जोड्ने छेडा–कचाली सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका कर्मचारी विवेक शाहीले जानकारी दिनुभयो ।

त्यस्तै चट्याङ लागेर छेडागाड नगरपालिका–१३ चैतेटाकुराका वीरबहादुर नेपालीका तीन वर्षीय छोरा सुमन विकको आज बिहान परेको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङले घरमुली वीरबहादुरसहित उहाँकी बुहारी वृद्धकला परियार र परिवारका अन्य तीन जना घाइते भएको स्थानीय शिक्षक विर्खबहादुर वलीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन