Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाजुरामा पहिरामा पुरिएर एक बालिकाकोको मृत्यु, २ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, मार्तडी । जिल्लामा मङ्गलबार राति आएको अविरल वर्षासँगैको पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीको वनकाँडाको खर्कमा तीन वर्षीया बालिका सनीका बुढा रहेकी छन् ।

घाइते हुनेमा पाँच वर्षीया बालिका विनिता बुढा र ६० वर्षीया आमा नन्दा बुढा घाइते भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारीअनुसार मङ्गलबार राति सुतेको अवस्थामा लेकको खर्कमाथिबाट आएको पहिरामा परी बालिकाको मृत्यु भएको र आमा र छोरी घाइते भएको बताउनुभयो ।

घाइते भएकी आमा र छोरीलाई डोगडी प्रहरीले चौकीको टोलीले उद्धार गरी डोगडी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताउनुभएको छ ।

भैँसीखर्कमाथिबाट आएको पहिराले सबै सामान पुरेर नष्ट पारेको छ भने पहिरामै परी बुढाका दुई बाख्रासमेत मरेका छन् भने सोही वडाका देउसे बुढाको एकहल गोरुसमेत पहिरोले च्यापेको अध्यक्ष रावतको भनाइ रहेको छ ।