2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैलेखमा पहिराले दुई जनाको मृत्युः एक बेपत्ता

भदौ ३, दुल्लु (रासस) । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिराले सात घर बगाएको छ । पहिराले घर बगाउँदा  एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र  ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन् । मृतकका बुबा ४२ वर्षीय टीका, आमा ४० वर्षीया धनसरा, दिदी १७ वर्षीया बेल र  दाजु १५ वर्षीय शम्शेर  घाइते भएको वडा नं ४ का वडाध्यक्ष रमेश सिंजापतिले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार ग¥यौंँ । एक जनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।” 

 बेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश छन् । पहिरामा परी सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन् ।

त्यसै गरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका –५ कट्टीमा पहिराले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी मङ्गलबार रामघाट खोलामा आएको बाढी आठबीस नगरपालिका –१ रामघाट बजार पस्दा लाखौंँ क्षति भएको स्थानीयवासी नैनबहादुर शाहीले बताउनुभयो ।

कर्णाली नदीमा पानीको बहाब बढेपछि रामघाट खोलाको पानी राकियो बजार पस्दा लाखौंको सरसमान बगाएको र  मान्छे भागेर सुरक्षित ठाउँमा गएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई