पहिरोमा पुरिएर बागलुङको राजकुत र दुर्लिङमा चारको मुत्यु

Posted on: 26 Jul, 2016

बागलुङ, ११ साउन । गएरातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी जिल्लाको राजकुत र दुर्लिङमा गरी चारजनाको मृत्यु भएको छ । 

राजकुत–७ का सन्तबहादुर तामाङकी आठ वर्षीया छोरी तुजी तामाङ र २२ वर्षकी भतिजी डिकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तबहादुर र उहाँकी श्रीमती सुशीला तामाङ गम्भीर घाइते भएका छन् । 

यस्तै दर्लिङ–२ का हर्कबहादुर बुढामगरको घर पहिरोमा पुरिँदा उहाँकी १८ वर्षीया छोरी यमुना बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिनुभयो । बुढामगरको श्रीमती देवी बुढामगर र छोरा राजु बुढामगर पहिरोमा परी बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै दर्लिङ–९ का ७८ वर्षीय दके पुनको गोठ भत्किंदा च्यापिएर मृत्यु भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!