२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा

२०७७, ४ भाद्र बिहीबार ०८:१९

भदौ ४, काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले  ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।  अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि  प्रदान गर्ने गरी सो पुरस्कारको स्थापना तथा घोषणा गरेको हो । 

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका जन्मजयन्तीका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशि दुई हजार अमेरिकी डलर  रहेको अनेसास वोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले राससलाई जानकारी दिनुभयो ।  उक्त पुरस्कारका सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ । सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो