2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ रोकथाम नियन्त्रण गर्न सातै प्रदेशमा उच्चस्तरीय समिति गठन

भदौ ५, काठमाडौँ । कोभिड –१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समन्वय गर्न हरेक प्रदेशमा उच्चस्तरीय समिति गठन गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँंग समन्वय गरी कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो । 

 मन्त्रालय वा विभागका ११ औँ तहका कर्मचारीको संयोजकत्वमा राष्ट्रिय  स्वास्थ्य तालीम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै जनस्वास्थ्य अधिकृत सदस्य रहेको तीन सदस्यीय समिति रहेको छ । 

समितिले प्रदेशमा कोभिड –१९ को रोकथाम र नियन्त्रण गर्न र अन्य नियमित सेवा प्रवाह गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँंग  समन्वय गर्ने छ । दुईदेखि तीन हप्ता समय दिइएको समितिले स्थलगत अवस्थाको  अध्ययन गरी प्रदेशमा रहेका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र एवं सामाजिक विकास मन्त्रालयसंँग समन्वय गरी कोभिड –१९ का बिरामीलाई सघन उपचार कक्ष र भेन्टिलेटर व्यवस्था गर्ने छ । 

यस्तै समितिले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन समन्वय गर्ने, नेपाल प्रवेश गर्ने नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य रुपमा मापदण्डअनुसार क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने र पिसिआर परीक्षणको व्यवस्थाको समन्वय गर्ने छ । 

यसैगरी समितिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोभिड –१९ को सङ्क्रमणमा परी अस्पताल सञ्चालनमा समस्या परे हब तथा सेटलाइट अस्पतालबाट स्वास्थ्यकर्मी तथा अन्य सहयोगी कर्मचारीको व्यवस्थापनमा समन्वय गर्ने, कोभिड– १९ डेडिकेटेड अस्पतालमा अक्सिजन प्लान्ट निर्माण  यथाशीघ्र गर्नका लागि पहल गर्ने, आइसियु र भेन्टिलेटरको व्यवस्थापनमा समन्वय गर्ने, एम्बुलेन्स सेवा व्यवस्थापनका लागि समन्वय गर्नेलगायत काम गर्ने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक